अर्गानिक खेतीतर्फ फर्कँदै किसान
पछिल्लो समय सुनसरीको रामधुनी नगरपालिकाका किसानहरूलाई गाउँमै जैविक तथा वानस्पतिक विषादी (झोल मल) बनाउने तालिम दिएपछि किसानहरू अर्गानिक खेतीतिर फर्कन थालेका छन् ।
नारायणी नदी किनारमा चियाको प्रदर्शनी गरिने
यही माघ २६ र २७ गते नारायणी नदी किनारमा नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो ।
पशुपन्छी विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी
नेपालका पशुजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारमा पहुँच वृद्धिका लागि सरकारले नीति निर्माणमा विभिन्न दातृ निकायसँग सहकार्य र सम्झौता गर्दै आएको छ । केही दिनअघि मात्र पशुपन्छी अनुसन्धान, विकास, नवीन प्रविधि प्रवर्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने लक्ष्यका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको थियो । यसअघि दुधमा आत्मनिर्भरका लागि हेफर इन्टरनेसनले नेपाललाई कोरेली गाई तथा बाछा उपलब्ध गराइसकेको छ । हेफर इन्टरनेसनमार्फत दिएको कोरेली गाई सिन्धुलीका किसानलाई वितरण गरिसकिएको छ । यसअघि नेपालले अमेरिकाबाट पनि नस्ल सुधारका लागि साँढे ल्याइसकेको छ ।
तरकारी बेचेर पढाइ खर्च जुटाउँदै
नेपालगन्ज उपमहानगरपालिका –१ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि बस्ने १७ बर्षीय किशोर निडर कठायतलाई दिउँसो २ बजेपछि तरकारी बेच्न सुर्खेतरोड पुग्न हतार हुन्छ । दिउँसो २ बजे उहाँ घरमा राखेका तरकारी ठेलामा मिलाउन व्यस्त हुनुहुन्छ ।
वर्षापछि किसान खुसी
गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।
कृषकको गुनासो : परिश्रमको फल मिलेन
धनकुटाको पाख्रिवास नगरपालिका –४ का कृषक ताराबहादुर कार्कीले आफ्नो बारीमा १० किलोसम्मको मूला फलाए पनि बिक्री नहुँदा प्रतिफल नमिलेको गुनासो गर्नुभएको छ ।
दुई कृषकलाई एक/एक लाखकाे पुरस्कार
स्याङ्जाको बिरुवा गाउँपालिकाले दुई कृषकलाई सम्मान गरेको छ ।
पश्चिम तराईमा वर्षा, गहुँ बालीलाई फाइदा
चार महिनापछि पश्चिम नेपालको तराईमा वर्षा भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा हिमपात भएको छ भने तराई क्षेत्रमा वर्षा भएको हो ।
गोबरसँगै खेल्ने कृषक भन्नुहुन्छ, ‘वर्षमा एक करोडको दुध बेच्छु’
पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई बागलुङका कृष्णप्रसाद पौडेलले गलत साबित गर्नुभएको छ । पौडेल व्यावसायिक पशुपालनबाट वार्षिक एक करोड रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ ।
जौबारीमा मेसीनबाट रोपिदै आलु
इलामको जौबारीमा पहिलो पटक मेसीनबाट आलु रोपाइ सुरु गरिएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीले दुईवटा मेसिन खरिद गरी आलु रोप्न थालेको हो ।
पशुपन्छी अनुसन्धानका लागि आइएलआरआइसँग सम्झौता
कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ ।
खडेरीले सुक्न थाले हिउँदे बाली
लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका कारण जिल्लाका अधिकांश ठाउँमा कात्तिकदेखि मङ्सिरमा छरेको गहुँ र जौ बाली अहिलेसम्म उम्रिन सकेको छैन ।
कृषि अनुसन्धान केन्द्रमा आलु रोप्ने मेसिन
इलामको जौबारीमा पहिलो पटक मेसिनबाट आलु रोपाई सुरु गरिएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीले दुई वटा मेसिन खरिद गरी आलु रोप्न सुरु गरेको हो ।
भैँसीपालनबाट मनग्य आम्दानी
दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्याैली पेसा भैंसीपालन हो । उहाँले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएको छ । उहाँले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आउनुभएको छ ।
कृषि तथा पशु मेला प्रदर्शनी : ४३ किसान पुरस्कृत
कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
सल्यानी सिस्नोको बजार नेपालगन्जमा
नेपालगन्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ ।
देशैभरि जान्छ चितवनको तोरीको तेल
तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ ।
तरकारी कि मन्दविष : निकाय भन्छ, ‘नियन्त्रण गर्न कठिन’
दैनिक भान्सामा खपत हुने तरकारी कतिको स्वस्थकर छ ? आम उपभोक्ताले यस विषयमा गम्भीरतापूर्वक चासो दिएको पाइँदैन ।
पशुमा खोप अभियान नै चलाउनु पर्छ : महानिर्देशक दाहाल
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पशुहरूलाई विभिन्न रोगको महामारीबाट जोगाउन पशुमा खोप अभियान नै चलाउनु पर्ने बताउनुभएको छ ।
इलामका लेकाली क्षेत्रका किसानलाई आलु रोप्न धमाधम
सूर्योदय नगरपालिका-१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घर माथिको १० रोपनी टारबारी जोतेर तयार बनाउनुभएको छ । “पहिलो दिन आलु रोप्न १५ जना खेताला भनेको छु, एकैपटक सबै खेताला भेटिँदैनन् ।
कफी खेतीमा कृषकको आकर्षण बढ्दो
पूर्वी नवलपरासीको पहाडी भेगका गाउँमा कफी खेती गर्ने किसानहरू बढ्दै गएको छ । सामान्य कफी खेतीबाट सुरु गरेका किसानले अहिले भने व्यावसायिक रूपमा सुरु गर्न थालेका छन् ।
उपभोग्य वस्तुको लेभलिङ स्पष्ट रूपमा हुनुपर्छ: मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोग्य वस्तुहरूको लेभलिङ स्पष्ट रूपमा हुनुपर्ने बताउनुभएको छ ।
अनुदानले तोरी खेतीप्रति आकर्षण
हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ ।
किसानका बगैँचामा पुगेर स्याउ व्यवस्थापनबारे जानकारी दिँदै कृषि प्रविधिक
यहाँका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा लागि परेका छन् ।