रैथाने बाली जोगाउन बिउ बैङ्कको स्थापना
स्याङ्जामा रैथाने बाली जोगाउन बिउ बैङ्क (बिउ बिजन सङ्कलन तथा संरक्षण केन्द्र)को स्थापना गरिएको छ । पछिल्लो समय परम्परागत बाली लोप हुँदै जान थालेको भन्दै यसको संरक्षणका लागि वालिङ नगरपालिका-८ मा बिउ बैङ्कको स्थापना गरिएको हो ।
१६८ मुरी धान फलाएका किसान जोडीलाई ५० हजार पुरस्कार सहित सम्मान
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो ।
बिम्स्टेक कृषि सहयोग विज्ञ समूहको बैठक
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषि सहयोग विज्ञ समूहको बैठक नेपालमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न सो बैठकमा बिम्स्टेकका सदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलङ्का र थाइल्यान्डका प्रतिनिधि तथा बिम्स्टेक सचिवालयका प्रतिनिधिसहित ६३ जनाको सहभागिता रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिनुभयो । बिम्स्टेकको कृषि क्षेत्र समन्वय सबलीकरणका लागि तयार गरि
राष्ट्रिय कृषि गणना २०७८ : सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । धनगढीमा आज आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा चार लाख ५७ हजार सात ५६ किसान परिवारले एक लाख ९२ हजार आठ सय ८५ हेक्टरमा कृषिकार्य गरेको जानकारी दिइएको छ ।
तोरी खेतीप्रति किसानको आकर्षण
मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्दले जनाएको छ । जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ ।
मेवा बेचेर मासिक आम्दानी डेढ लाख
मन्थली (रामेछाप), पुस ६ गते । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हीरालाल आचार्यले मेवा बेचेर मासिक रू. एक लाख ५० हजार आम्दानी गर्नुहुन्छ । अनारमा भन्दा बढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताउनुभयो । रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उहाँले बताउनुभयो । सबै खर्च कटाएर वार्षिक आम्दानी रू. १८ लाखसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो । आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाउनुभएको छ । उहाँका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ । हरियाली समृद्ध कृषक समूहको नामबाट उहँले दुई वर्षअघिदेखि सुरु गर्नुभएको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न लाग्नुभएको हो । कृषक आचार्यले भन्नुभयो, “पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ । यसको होलसेल मूल्यमा रू. एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ ।” एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो । बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो । उहाँले भन्नुभयो, “अरु रोजगारीका लागि विदेश जान्छन् । म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ । काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ ।”आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिनुभयो । नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उहाँले बताउनुभयो । रासस
अन्नभण्डार मधेसमै धान पाउन मुस्किल
विगत वर्षमा सधैँ खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्दै आउनुभएका विन्देश्वर मण्डलले यस वर्ष धान बिक्री गर्ने पक्षमा हुनुहुन्न । सरकारले नै धानको उचित मूल्य नदिएपछि सिरहाको लहान नगरपालिका–४ का मण्डल विकल्प खोज्न बाध्य भएको बताउनुहुन्छ ।
बाँकेमा लक्ष्यभन्दा निकै कम धान खरिद
नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत मङ्सिर ६ गतेबाट धान खरिद शुरु गरेकोमा दुईसय जना किसानले मात्र कम्पनीमा पुगेर आठ हजार क्विन्टल धान बिक्रि गरेका छन् ।
कोदो खरिद गरी सङ्कलन सुरु
कोदोको पिठो ब्रान्डिङ गरी बिक्री गर्दै आएको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको एक सहकारी संस्थाले स्थानीय कृषकहरुबाट उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको छ ।
‘गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन’
बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ ।
बाँझो जमिनमा आलु खेती
एक दशकदेखि बाँझो रहेको जमिनमा आलु खेती गरिएको छ । जमिनलाई चारैतिरबाट तारजालीले घरबार गरिएपछि आलु खेती गरिएको हो । अमरगढी नगरपालिका–५, सेलागाउँका खेतमा यस वर्षदेखि व्यावसायिक तरकारी खेती सुरु गरिएको छ । बदलिँदो परिवेशसँगै सेलागाउँका अधिकांश परिवार बसाइँ सरेर तराईतिर झरिसकेका छन् । गाउँमा हाल ३९ घरधुरीको बसोबास छ ।कोही तराईतिर, कोही राजमार्ग छेउछाउतिर बसाइँ सर्दै गएपछि सेलागाउँको खेतबारी बाँझो रहेको थियो ।
गाउँमा गैँडा पस्न थालेपछि स्थानीय त्रसित
पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा गैँडा पसेर बालीनाली नष्ट गरेको छ । केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका गैँडाले गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रका मकै बाली, गहुँबाली, तोरी लगायतका अन्नबालीमा पसेर बाली खाने, मकै भाँच्ने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको गैँडाकोट नगरपालिका ६ का किसान प्रकाश भुसालले बताउनुभयो ।
दलित समुदायले उत्पादन गरेको दुध सङ्कलन नगरे कारबाही गरिने
बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दुध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेष गरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दुध उत्पादन गर्छन् । ब्राह्मण समुदायले घरबाटै दुध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दुध बिक्री गर्न पाएका छैन ।
'कृषकसँग पुगे कृषि प्राविधिक'बाट चार हजार किसान लाभान्वित
गल्याङ नगरपालिकाका कृषि तथा पशु प्राविधिकहरू घरबारीमै पुगेपछि कृषकहरू उत्साहित भएका छन् । पालिकाले सञ्चालन गरेको ‘कृषकसँग कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत कृषकहरूका खेतबारीमा नै प्राविधिकहरू पुगेका हुन् ।
चरन अभावले मौरीपालनमा समस्या
दाङको घोराही उपमहानगरपालिका–४ सुनपुरका हिमलाल चौधरीले चार वर्षदेखि व्यावसायिकरुपमा मौरीपालन गर्दै आउनुभएको छ । एउटा याममा दुई पटक मह निकाल्न मिल्ने र मनग्य आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । चौधरीले दश घारबाट मौरीपालन थाल्नु भएको हो ।
इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो
इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गतवर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो ।
सुन्तलाको मूल्य निर्धारण
म्याग्दीको बेनी नगरपालिका-४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरूपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् ।
अम्रिसोको कुचो बिक्री गरी लाखौँ आम्दानी
नवलपुरको पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएको छ । पहाडमा बस्नेको अम्रिसो आम्दानीको बलियो स्रोत बन्दैगएको छ ।
कागती खेतीबाट सन्तुष्ट कृषक गिरी
कपिलवस्तुको बाणगंगा नगरपालिका –७ का कृषक जयलाल गिरी कागती खेतीबाट सन्तुष्ट रहेको र त्यसबाट मनग्य आम्दानी भइरहेको बताउनुभएको छ ।
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ । दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिनुहुन्छ ।
एक करोड ६२ लाख रुपियाँ खर्चेको सिँचाइ योजना १५ वर्षदेखि अलपत्र
दोलखाको सैलुङ गाउँपालिका–८ मा करिब डेढ दशक अघि करोडौँको लगानीमा निर्माण सुरु भएको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन सकेको छैन ।
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन् ।
‘लम्पी स्किन’ विरुद्धको खोप सरकारले आफैँ उत्पादन गर्ने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि आफैँ भ्याक्सिन उत्पादनको तयारीमा थालेको छ । त्यसका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय वैज्ञानिकहरूसँग छलफल थालिसकेको छ । कृषि मन्त्रालय अन्तर्गतका पशु सेवा विभागले भ्याक्सिन उत्पादनका लागि चाहिने मास्टर सिड (मुख्य बिउ) र प्रविधिका लागि भारतलगायत अन्य देशसँग पहल गरेको छ । भ्याक्सिन उत्पादनका लागि नेपालसँग सुविधासम्पन्न प्रयोगशाला छ तर त्यसका लागि चाहिने कच्चा पदार्थ (मास्टर सिड) र प्रविधि छैन । त्यसका लागि भारत र अफ्रिकी मुलुक केन्यालाई आग्रह गरिएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताउनुभयो । मास्टर सिड तथा प्रविधि सहयोगका लागि आग्रह गरेपछि केन्याका इन्टरनेसनल ल्याइभ स्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआई) का तीन जना वैज्ञानिक नेपालमा आएर अध्ययन थालिसकेको उहाँले बताउनुभयो ।
शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाइ
धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नुभएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ ।