माटोको अम्लीयपन घट्दै
पछिल्ला वर्षहरुमा माटोमा अम्लीयपन बढ्दै गएकोमा यस वर्ष भने माटोको अम्लीयपन घटेको पाइएको छ ।
नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रम विस्तार गरिँदै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको छ । गत वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको हो । आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ ।
‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति
धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो ।
ड्रागनखेतीमा जमेका लाहुरे
अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन ।
किसानलाई गहुँ छर्ने चटारो
यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ । उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पु¥याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो सातासम्म गहुँ छर्ने गरिएको छ ।
धानले पहेँलपुर फाँट
यतिखेर म्याग्दीका फाँटहरु धानबालीले पहेँलपुर भएका छन् । दसैँ लगत्तै कतिपय ठाउँहरूमा किसानले धान काट्न सुरु गरेका छन् भने कतिपय ठाउँमा अझै धान पाक्दै छ ।
‘क्रप कटिङ’ गरी धान उत्पादन अनुमान गरिँदै
कृषि विकास कार्यालय चितवनले विभिन्न स्थानमा लगाइएको धानको उत्पादन अनुमान गर्न क्रप कटिङ सुरु गरेको हो । पूर्वी चितवनमा क्रप कटिङको काम सकिएको र पश्चिम चितवनको भरतपुर तथा माडीमा एक, दुई दिनमा सकिने कार्यालय प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो ।
अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो
यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९० हजार पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो ।
धानको मूल्य घट्दा मर्कामा किसान
चाडपर्व मनाउन कृषि उपज बिक्री गर्नुपर्ने बाध्य भएका रौतहटका किसान यतिबेला मर्कामा परेका छन् । आम्दानीको अन्य स्रोत नभएपछि धान बिक्री गरेर चाड पर्व मनाउन बाध्य भएका किसान मल्य घटेपछि मर्कामा परेका हुन् ।
सस्तोमा धान बिक्री गर्न बाध्य बाँकेका किसान
पश्चिम नेपालका सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमध्ये एक बाँकेमा सरकारले समयमा धान खरिद नगर्दा सस्तोमा धान बिक्रि गर्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् ।
मनाङमा सजिलो छैन चौँरीपालन
जलवायु परिवर्तनको असर विस्तारै हिमाली जिल्लामा पर्न थालेको छ ।
पशुधन क्षतिको राहत समयमै नपाउँदा कृषक मर्कामा
पर्वतका पशुपालक कृषकले पशुधन क्षतिको राहत समयमा पाउन नसक्दा आफूहरु मर्कामा परेको गुनासो गरेका छन्।
अलैँची थन्क्याउनमा व्यस्त किसान
ताप्लेजुङका किसान हिजोआज नगदे बाली अलैँची थन्क्याउनमा व्यस्त बनेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयसँगै अलैँची थन्क्याउने मौसम भएकाले खेतीमा संलग्न किसानहरू व्यस्त बनेका हुन् । किसानहरू यति बेला अलैँची थन्क्याउन अर्थात् अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त भएका छन् ।
पुष्प मेलामा फूल किन्नेको भिड (फोटो फिचर)
ललितपुरमा सञ्चालन भइरहेको पुष्प मेलामा फूल किन्नेको भिड लागेको छ । ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा बिहीबारदेखि सुरु भएको तिहारलक्षित पुष्प मेलामा फूल प्रेमीहरूको भिड लागेको हो ।
‘अनुदान दुरुपयोग गर्नेलाई कारबाही’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट
गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ ।
इलाममा फस्टाउँदै प्याजखेती
पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् ।
आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल
रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्नुभएको छ । दुई दशक विदेश मजदुरी गर्नुभएका उहाँले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थाल्नुभएको हो ।
गोदावरी फूलको प्रदर्शनी जावलाखेलमा
नजिकिँदै गरेको तिहारलक्षित गरी फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले बिहीबारदेखि १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको छ ।
सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत ५८ करोड रुपियाँको दायित्व फरफारक गरिएको बताउनुभएको छ ।
जेठो बुढो धान खाद्यले किन्यो
कास्कीको पोखरा महानगरपालिकाभित्र फल्ने रैथाने धान जेठो बुढो धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ । पोखरा र आसपासको क्षेत्रमा लगाइने जेठो बुढो यहाँका उपभोक्ताबिच लोकप्रिय छ ।
फ्यानको चुनाव पुनः हुने
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को चुनाव आगामी तीन महिनाभित्र पुनः हुने भएको छ । भदौ २८ गते भएको फ्यानको ३२ औँ साधारण सभा तथा अधिवेशनमा नयाँ कार्यसमितिका लागि चुनाव भएको थियो ।
गोलभेँडाको मूल्य हालसम्मकै उच्च
पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ ।
दुग्धजन्य पदार्थ आयात प्रतिबन्धलाई यथावत् राख्न माग
डेरी उद्योगीले भारतलगायतका देशबाट दुध तथा दुग्धजन्य पदार्थ आयातमा लगाएको प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेका छन् ।