किसानलाई जुनारका बिरुवा रोप्न भ्याइनभ्याई
गोलन्जोर गाँउपालिका –५ रतनचुरा निवासी किसान शङ्कर योगीले यो वर्षको मनसुन सुरु भएसँगै भर्खर एकसय बोट जुनारका बिरुवा रोप्नु भएको छ ।
कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सुनसरीमा आँप उत्पादन घट्यो
जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
शङ्खे किरा सङ्कलन गर्नेलाई १५ रुपियाँ दिने
प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले शङ्खे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ । वडाका विभिन्न ठाउँमा शङ्खे किराको प्रकोप देखिएपछि नियन्त्रणका लागि वडाले यस्तो जुक्ती निकालेको हो।
गाईपालनमा रमाएकी शारदा
कोहलपुर नगरपालिका-१२ चप्परगौडी बाँकेकी किसान शारदा शर्माले लामो समयदेखि गाईपालन गर्दै आउनुभएको छ ।
मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित
अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर गरेको हो ।
मुस्ताङमा फल्यो तरबुजा
शीतोष्ण हावापानीमा फल्ने फलफूल तथा तरकारीको बिउ तथा बेर्ना उत्पादनका लागि सक्रिय हिमालपारिको जिल्ला मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले गर्मी ठाउँमा फल्ने तरबुजा चिसोमा पनि फलाएको छ ।
आगामी आर्थिक वर्षदेखि किसान परिचयपत्र वितरण गरिने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षदेखि २५ वटा स्थानीय तहबाट किसान परिचयपत्र लागु गर्ने भएको छ । कृषि मन्त्रालयले किसान सूचीकरणको कामलाई अगाडि बढाएको छ । कृषि मन्त्रालयका सहसचिव प्रकाश सन्जेलका अनुसार बुधबारसम्म १९ लाख १० हजार किसान सूचीकृत भइसकेका छन् । हालसम्म सात वटै प्रदेशका २५ वटा स्थानीय तहले किसान सूचीकरणको काम सकाएका छन् । ती सूचीकृत भइसकेका २५ वटा स्थानीय तहका किसानलाई आगामी वर्षदेखि किसान परिचयपत्र दिएर कार्यान्वयनमा ल्याइने छ । सहसचिव सन्जेलले भन्नुभयो, “आगामी आर्थिक वर्षदेखि २५ वटा स्थानीय तहमा किसान वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने छौँ र त्यो परिचयपत्रको परीक्षण गर्ने छौँ ती स्थानीय तहमा किसान परिचयपत्र सफल भयो भने मात्र देशभरि लागु गर्ने छौँ ।”
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ ।
स्याकुमा सजिएका रोपार (फोटो फिचर)
यतिबेला किसानलाई असारको चटारो छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० खागितडा स्थित पिपलगैरा खेतमा रोपाइँ गर्न किसान व्यस्त छन् ।
‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताउनुभएको छ ।
बाँकेमा दस प्रतिशत मात्र रोपाइँ
बाँकेमा दस प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले यस वर्ष जिल्लामा ढिला वर्षा सुरु भएकोले अहिले मात्रै सबै ठाउँमा ब्याड राख्ने काम सकिएको र रोपाइँ पनि सुरु भएकोले दस प्रतिशत मात्रै रोपाइ हुन सकेको बताउनुभयो ।
कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव
सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राख्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राख्नुभएको हो ।
सिँचाइ सुविधा नहुँदा रोपाइँमा ढिलाइ
असार महिना आधा बितिसक्दा दाङमा १३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । सिँचाइ सुविधाको कमीसँगै यस बर्ष ढिला गरेर बर्षा हुँदा रोपाइमा ढिलाइ भएको हो ।
म्याग्दीका किसानलाई आलु भित्र्याउने चटारो
जिल्लाको पहाडी क्षेत्रका किसानहरूलाई अहिले बर्खे आलु भित्र्याउने चटारो छ । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । पहाडी तथा लेकाली हावापानीमा उत्पादित आलु खान स्वादिलो हुने भएकाले उपभोक्ताको पनि रोजाइमा पर्ने गर्दछ ।
भदौ मसान्तभित्र दुध किसानको रकम भुक्तानी गर्ने सहमति
डेरी उद्योगीले दुध किसानको बक्यौताको सम्पूर्ण रकम भदौ मसान्तसम्म भुक्तानी गरिसक्ने सहमति गरेको छ । बक्यौता रकमको भुक्तानी गर्न माग गर्दै किसानले आन्दोलन गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो । सहमति अनुसार २०८० चैत मसान्तसम्म भुक्तानी हुन बाँकी रकम असार २७ गतेसम्म गरिसक्ने र वैशाख र जेठको बक्यौता रकमको भुक्तानी २०८१ भदौ मसान्तसम्म गर्ने सहमति भएको किसानको प्रतिनिधि गर्ने संस्था केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष अमर कुँवरले बताउनुभयो । सो सहमतिसँगै सङ्घले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरेको छ ।
रैथाने बालीमा बढ्दो आकर्षण
पूर्वी नवलपरासीका किसान रैथाने बालीमा आकर्षित भएका छन् । कावासोतीमा अवस्थित सामुदायिक बिउँ बैङ्कले रैथाने बालीको संरक्षण गर्दै आएपछि पछिल्लो समयमा रैथाने बालीमा किसानको आकर्षण बढ्न थालेको हो ।
‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गर्दै ढकाल
राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा-१ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उहाँले तीन वर्षअघि वि.सं.२०७८ देखि ड्रागन फल खेती सुरु गर्नुभएको थियो ।
पाक्दै गरेको चैते धान
गुल्मीको इस्मा गाउॅपालिका–१ अन्तर्गत छल्दी नदी किनारको खेतमा पाक्दै गरेको चैते धान ।
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको हो ।
जोशीलाई ‘कौसी क्वीन’ उपाधि
कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन-२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाउनुभएको छ ।
किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण
जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ ।
बाँकेका किसानलाई अनुदानमा मोटर बोरिङ
सिँचाइको पहुँच नभएका बाँकेका सबै स्थानीय तहमा किसानले ७५ प्रतिशत अनुदानमा मोटर बोरिङको सुविधा लिएका छन् । करिब चार सय बोरिङ माग भएको जिल्लामा तीन सय ५० बोरिङ वितरण भएको कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले जानकारी दिनुभयो ।
गँड्यौला मल उत्पादन सुरु
रासायनिक मलको प्रयोगमा कमी ल्याउने उद्देश्यले गुल्मीमा गँड्यौला मल उत्पादन सुरु गरिएको छ ।पछिल्लो समय रासायनिक मलको प्रयोग बढी भएकाले त्यसको प्रतिस्थापन गर्न धुर्कोट आर्गनिक कृषि तथा गँड्यौला मल उत्पादन फर्मले मल उत्पादन गर्न थालेको छ ।