कैलालीमा ३४ हजार चार सय क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा यस वर्ष किसानबाट ३४ हजार ४५८ क्विन्टल धान खरिद गरेको छ ।
वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरले व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले वडामै च्याउ खेती गरी बिक्री वितरण सुरु गरेको छ ।
सखरखण्ड खेतीबाट राम्रो आम्दानी
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा दाङको राजपुर गाउँपालिका–३ खरदरिया निवासी शेषराम यादव सखरखण्ड खन्न व्यस्त हुनुहुन्छ ।
बजार सहज बनाउन माग
धनकुटाका व्यावसायी तथा उद्यमीले सेवा तथा उत्पादन भन्दा अनुदानका लागि फार्म सञ्चालन गर्ने क्रम बढेको गुनासो गरेका छन् ।
सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका
सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ ।
किसानलाई प्रतिफलको आधारमा प्रदेश सरकारको अनुदान
“प्रदेश सरकारले खसीबोका विक्री गर्दा अनुदान दिएको छ,” उहाँले भन्नुभयो, “हामीलाई खुशी लागेको छ ।” आफूले गरेको व्यवसायमा सहयोग र हौसला मिलेको उहाँको भनाइ छ ।
सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
मनग्य आम्दानी हुने भएपछि सतुवाखेती यहाँका किसानका रोजाइमा परेको छ । बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् ।
नवलपरासी आलुमा आत्मनिर्भर
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ । किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो ।
बिदेशबाट फर्केर कृषि कार्यमा जमेका कृषक
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीका किसान गोकुलबहादुर वली विदेशबाट फर्केर आफ्नै ठाउँमा भैंसीपालन गरी राम्रो आम्दानी गरिरहनुभएको छ ।
जैविक मल उत्पादनमा जोड
रासायनिक मलको बढ्दो प्रयोगले उर्वराशक्तिमा कमी आएकाले माटोलाई स्वस्थकर राख्न जैविक मलको आवश्यकता बढी रहने विज्ञहरूले बताउनुभएको छ ।
तरकारी बालीमा ग्राफ्टिङ् प्रविधिको प्रयोग
तरकारी बालीमा ग्राफ्टिङ् प्रविधि प्रभावकारी बन्दै गएको छ ।
उत्पादन बढे पनि घटेन चामल आयात
यस वर्ष धानको उत्पादन बढे पनि चामलको आयात भने कम हुुन सकेको छैन । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष मुुलुकभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत आवको तुलनामा चार प्रतिशतले बढी हो ।
कर्णालीमा कृषिको क्षेत्रफल बढ्यो
आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ९उत्पादकको मूल्यमा० तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०र८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।
विदेश छाडेर पशुपालनमा रमाउँदै दाजुभाइ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
धान उत्पादन चार प्रतिशतले बढ्यो
यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ ।
गहुँ खेती छाडेर तोरी खेतीतिर आकर्षित
छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको भन्दै कुषकहरुले गहुँ घटाएर तोरी खेती बढाएका हुन् ।
नवलपुरमा धान उत्पादनमा कमी
नवलपुरमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ ।
सामूहिक तरकारीखेती गर्दै सिसवोनीका दलित महिला
सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहनुभएको छ । पछिल्लो दुई वर्षदेखि भने उहाँ स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिनुभएको छ ।
स्थानीय जातको आलु उत्पादनमा कृषक
बाजुराका अधिकांश किसानले पछिल्लो समय स्थानीय जातको आलु उत्पादनमा जोड दिन थालेका छन् ।
धान नहुने खेतमा बदाम
धान नहुने खेतमा बदाम खेती गरेर किसान आम्दानी गर्न थालेका छन् । कैलालीको ग्रामीण क्षेत्रका किसान बदाम खेती गरेर आम्दानी गर्न थालेका हुन् ।
वीरगञ्जबाट धानचामल आयात बढ्यो
चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।
छयसट्ठी प्रतिशत माटोमा अम्लीयपन
खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ ।
अर्गानिक उत्पादनको गाँउ बन्दै भट्टे
लसीपुर उपमहानगरपालिका-३ मा रहेको भट्टे गाउँ तुलसीपुर बजारदेखि करिब ८ किलोमिटर पश्चिम दक्षिणमा छ ।
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् ।