सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (एमाले) का तर्फबाट दायर रिटको पेसी थियो । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माको इजालसमा ‘छ’ नम्बरमा एमालेका तर्फबाट दर्ता रिट पेसीमा थियो । राजनीतिक विवादको मुद्दाको पेसी परेकाले संवैधानिक इजलासमा प्रारम्भदेखि नै कानुन व्यवसायीको उपस्थिति बाक्लो थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले नागरिक सर्वोच्चता तथा राष्ट्रिय हित कायमका लागि जेनजी विद्रोहको जगमा संविधानसम्मत र पृथक् रूपमा आफ्नो सरकार गठन भएको जिकिर गर्नुभएको छ ।
सर्वोच्च अदालतले कम्पनी सञ्चालक समितिबाट अलग हुने प्रक्रिया आफ्नातर्फबाट पूरा गरिसकेका निष्क्रिय सञ्चालकलाई कालो सूचीमा राख्न नमिल्ने फैसला गरेको छ । संलग्नता समाप्त गर्न प्रक्रिया पूरा गरिसकेको अवस्थामा वित्तीय दायित्वमा संलग्न गराउनु उपयुक्त नहुने फैसला सर्वोच्चले गरेको हो ।
निर्वाचनमा सहभागी भएका कुनै पनि उम्मेदवारलाई मत दिन्न (‘नन् अफ दी अभोव, नोटा’) भन्ने विकल्प दिने गरी सरकारले निर्वाचनसम्बन्धी अध्यादेशलाई करिब अन्तिम रूप दिएको छ । मतदाताको असन्तुष्टिलाई मतपत्रमार्फत अभिलेखमा राख्ने विकल्पबारे दशकदेखि भइरहेको बहसलाई कानुनी रूप दिने गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्यादेशलाई अन्तिम रूप दिएको हो । कानुन मन्त्रालयले निर्वाचनसम्बन्धी चार कानुनलाई संशोधन गर्ने गरी अध्यादेश गृह मन्त्रालयमा पठाएको छ ।
सर्वोच्च अदालतले सिमेन्टमा निकासी कर लगाइएपछि कच्चा पदार्थ क्लिङ्करमा पनि लगाइने करलाई दोहोरो करका रूपमा व्याख्या गरेको छ । मारुती र घोराही सिमेन्टका दुई फरक मुद्दाका प्रतिपादित नजिरको एक रूपताका लागि पूर्ण इजलासमा पेस भएको मुद्दामा अदालतले एउटै वस्तु र सेवामा एउटै आधारमा फ
जेनजी आन्दोलनका क्रममा अदालतका मिसिलमा पुगेको क्षति फैसलामा अभिलेख राख्ने क्रम सुरु भएको छ । भदौ २४ गते भएको आगजनी र तोडफोडका क्रममा नष्ट भएका मिसिलको सक्कल अभिलेख नभेटिएको जानकारीसहित मुद्दाको पूर्णपाठमा लेख्ने व्यवस्था गरिएको हो । नष्ट भएका मिसिलको फैसलाको पूर्णपाठ तयार गर्दा सो बेहोरा जनाउने गरी विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिकाले व्यवस्था गरेको थियो । अदालतले अहिले तयार पारेको फैसलामा त्यस्तो बेहोरा राखिएको छ ।
माओवादी द्वन्द्वलाई राजनीतिक अवतरण गराएको विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा भएको छ । द्वन्द्वलाई राजनीतिक रूपमा स्वीकार गरिए पनि लामो समयसम्म संविधान र शान्ति प्रक्रिया एक
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वर्तमान प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै बदर मागसहित सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ ।
पीडितरहित कसुरमा मुद्दा नचल्ने गरी सरकारी वकिलबाट भएको निर्णयमा अदालतको असाधारण अधिकारक्षेत्र आकर्षित गरी तेस्रो पक्षबाट निवेदन ल्याउने प्रचलनलाई निरुत्साहित गर्ने गरी सर्वोच्च अदालतले व्याख्या गरेको छ ।
सर्वोच्च अदालत ६९ दिनपछि नियमित सुनुवाइमा फर्किएको छ । जेनजी आन्दोलनका क्रममा अदालतमा तोडफोड–आगजनी र मिसिल नष्ट भएसँगै भदौ २४ गतेदेखि अदालतको नियमित कामकारबाही रोकिएको थियो । क्रमिक रूपमा सेवा विस्तार गरेको अदालत मङ्सिर १ देखि नियमित सुनुवाइमा फर्किंदै छ ।
सर्वोच्च अदालतले अध्यादेशले संशोधन गरेको कानुनी व्यवस्था संशोधन गर्ने अध्यादेश प्रतिस्थापन नभई निष्क्रिय भएमा मूल कानुनको साबिकको व्यवस्था स्वतः जाग्ने व्याख्या गरेको छ ।
सङ्घीय संसद्का पदाधिकारी र सदस्यको सुविधा कटौती गर्ने सरकारको निर्णयमा संसद् असन्तुष्ट देखिएको छ । पदाधिकारी तथा सदस्यलाई मर्का नपर्ने गरी सुविधा हेरफेरको अधिकार भए पनि दैनिक कामकाजमा असहज हुने गरी सुविधा कटौती भएको भन्दै संसद्का पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेरै असन्तुष्टि जनाएका हुन् ।
चुनावी सरकार गठनको डेढ महिनाको अवधिमा गरिएका राजनीतिक र प्रशासनिक निर्णय धमाधम न्यायिक परीक्षणका क्रममा अदालत प्रवेश गराइएको छ । सरकार गठनकै विवाद विचाराधीन रहेका बेला सरकारले गरेका कामकारबाहीका विषयलाई पनि सार्वजनिक सरोकारको विषय बनाएर न्यायिक परीक्षणमा लगिएको हो ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनीमा झन्डै सवा अर्ब क्षति पुगेको विवरणसहित सर्वोच्च अदालत प्रशासनले अनुसन्धानको आग्रहसहित प्रहरीमा उजुरी दिएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तथ्य सङ्कलनका लागि स्थलगत अनुगमन सुरु गरेको छ । आयोग पदाधिकारीको नेतृत्वमा उपत्यकाबाहिरबाट घटनास्थल अनुगमन र तथ्य सङ्कलन थालेको हो । कोशी प्रदेशका तीन जिल्लाको अनुगमन सकेपछि आयोगका पदाधिकारी सोमबार बागमती र गण्डकी प्रदेश गएका छन् । यसअघि आयोग सदस्य विज्ञानराज शर्मा नेतृत्वको टोलीले कोशीका झापा, मोरङ र सुनसरीमा अनुगमन गरेको थियो ।