प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर सरकारले गर्नुुपर्ने योजनाको खाका तत्काल तयार गर्न निर्देशन दिनुभएको छ । मौद्रिक नीति पनि तत्काल सार्वजनिक गर्न उहाँले निर्देशन दिनुभयो । अर्थ मन्त्रालयको समे
पदमार्गका लागि संसारकै आकर्षक गन्तव्यको सूूचीमा रहेको सोलुुखुम्बुको मेरापिक हिमाललाई समेटेर सरकारले मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको छ । सगरमाथा र मकालु वरुण राष्ट्रिय निकुञ्जबीच भागलाई समेटेर सो निकुुञ्ज घोषणा गर्ने तयारी भइरहेको हो । मेरापिक राष्ट्रिय निकुञ्ज स्थापनाका लागि अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन सरकारलाई बुुझाउने तयारी भइरहेको छ । प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिले तत्काल निकुञ्जको घोषणा गर्न माग राखेका छन्।
बहुचर्चित पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण गर्ने जिम्मा भारतको सरकारी कम्पनी एनएचपीसी लिमिटेडलाई दिइने भएको छ । लगानी बोर्डको सोमबार बसेको बैठकले भारतको सरकारी कम्पनी एनएचपीसी लिमिटेडसँग वार्ता गरी अन्तिम निष्कर्षमा पुग्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सो कम्पनीले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्न पाऊँ भनी बोर्डसमक्ष निवेदन दिएको थियो ।
भौतिक पूर्वाधारको विकास मात्र गर्ने महत्त्वाकाङ्क्षी अभियान सञ्चालन हुँदा नेपालमा दिनप्रतिदिन वातावरण बिग्रँदै गएकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गर्नुभएको छ । वातावरणीय पक्षलाई आर्थिक, सामाजिक विकासको एक अभिन्न अङ्ग भएको स्वीकार गर्न नसक्दा नेपालमा दिगो विकास हुन नसकेको उहाँहरूको धारणा छ । जलवायु तथा वातावरणविद् राजु पण्डित क्षेत्रीका अनुसार पृथ्वीको प्राकृतिक वातावरण बिगारेर गरिएको विकासले मानव जातिलाई दीर्घकालसम्म फाइदा नदिनेतर्फ सबै सचेत हुनुपर्ने देखिएको छ ।
सरकारले आगामी वर्ष वन तथा वातावरणको क्षेत्रमा १३ अर्ब रुपियाँ खर्च गर्ने भएको छ । सुदूरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न आवश्यक बजेट छुुट्याइएको छ । आगामी वर्ष पहाडी र हिमाली क्षेत्रमा पाइने बहुमूल्य एवं बहुउपयोगी जडिबुटीको प्रशोधन उद्योगलाई प्रोत्साहन दिई जडिबुटी खेतीको बीमा गरिने छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा २२ वटा दलले विभिन्न पदमा विजय हासिल गरेका छन् । बिहीबारसम्मको मतगणनाको परिणामअनुसार वडा सदस्यदेखि नगरप्रमुख, अध्यक्षसम्मका पदमा निर्वाचित भएका पार्टीको सङ्ख्या २२ पुगेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा ११२ वटा दल दर्ता भए पनि अधिकांश पुराना दल मात्र जनमत परीक्षणमा सफल भएका छन् । देशभरका सबै स्थानीय तहका सबै पदमा विजय हासिल गर्न सफल पुराना र ठूला दलहरू नेपाली काँग्रेस, नेपाल कम्युुनिस्ट पार्टी (एमाले), नेपा
विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले नेपाली नागरिकलाई सिकार गर्न सक्ने व्यवस्था गरे पनि निकै खर्चिलो हुने हुँदा हालसम्म नेपालीले सिकार भने गरेको रेकर्ड छैन ।
विश्वमै दुर्लभ मानिएको वन्यजन्तु हाब्रे (रेडपान्डा) संरक्षण गर्न घरपालुवा जनावर कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको छ । खर्कमा गोठालासँगै बस्ने सिकारी कुकुरले हाब्रेलाई आक्रमण गर्न थालेपछि हाब्रेमा रेबिज रोग सर्न सक्ने डरले ती कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको हो ।
स्थानीय तहमा विकासका नाउँमा विनाश निम्तिने प्रवृत्ति बढिरहेका बेला स्थानीय तहका उम्मेदवारले वन, वन्यजन्तुु संरक्षणका एजन्डालाई अघि सारेका छन् । वातावरणीय अध्ययनबिना जथाभावी रूपमा डोजर सञ्चालनले जताततै बाढी, पहिरो जाँदा बस्ती विस्थापित हुने, खेतीयोग्य जमिन बगरमा परिणत हुने, खानेपानीका मूल सुक्ने, पुल पुुलेसा, खानेपानी आयोजना प्रभावित हुनेलगायतका समस्या देखा परेको भन्दै यस पटकको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले वातावरणमैत्री विकासको एजन्डा अघि सारेका छन् ।
सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ ?’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ ।
जलवायु परिवर्तनले मुलुकलाई पेचिलो ढङ्गले प्रभावित पारिरहेका बेला स्थानीय तहको निर्वाचनमा प्रमुख राजनीतिक दलहरूले वातावरणमैत्री घोषणापत्र सार्वजनिक गरेका छन् । जलवायु परिवर्तन र विश्व तापमानमा आएको वृद्धिसँगै अतिवृष्टि, खण्डवृष्टि भई बाढीपहिरो र डुबानले बर्सेनि ला
मान्छेका व्यवहारसँग धेरै कुरा मिल्ने एक जोडी चिम्पान्जीले झण्डै चार वर्षपछि सुविधा सम्पन्न बासस्थान पाएका छन् । वनमान्छे चिम्पान्जीको एक जोडीलाई जावलाखेलस्थित सदर चिडियाखानाभित्र सुविधा सम्पन्न आवास गृह निर्माण गरी त्यहाँ सारिएको हो । यसअघि ती जोडी सानो खोरमा थिए ।
काठमाडौँ, वैशाख २ गते । पूर्वी नेपालको कोसीटप्पु क्षेत्रमा विश्वमा दुर्लभ मानिएका एकसिङे गैँडा, कृष्णसार र बाह्रसिँगाको वासस्थान विस्तार गरिने भएको छ । प्रदेश १ मा ती वन्यजन्तुको हाल उपस्थिति नभएकाले वासस्थान विस्तार गर्न सकिने सम्भावना रहेका सबै प्रदेशमा वासस्थान विस्तार गर्ने उद्देश्यसाथ सरकारले यो योजना बनाएको हो । योजना सफल भए आगामी केही वर्षभित्रै प्रदेश १ को कोसीटप्पु क्षेत्रमा दुर्लभ वन्यजन्तु एकसिङे गैँडा, कृष्णसार र बाह्रसिँगाको झुन्ड देख्न सकिनेछ । यो प्रदेशमा वनक्षेत्र भए पनि अरू प्रदेशका तुलनामा दुर्लभ वन्यजन्तुको उपस्थिति निकै न्यून रहेको छ । वन्यजन्तुमा आधारित पर्यापर्यटन विकासका लागि यो प्रदेशमा वासस्थान विस्तार आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा एक प्राविधिक अध्ययन कार्यदल निर्माण गरी काम अघि बढाइएको छ । सो प्राविधिक कार्यदलले कोसीटप्पु वन्यजन्तु आरक्षको भित्री भागको स्थलगत अध्ययन गरिसकेको छ । प्रारम्भिक प्रतिवेदनलाई आधार मानेर थप गहन अध्ययन गरी ती वन्यजन्तु स्थानान्तरणको निर्णय सरकारले लिने भएको छ । कार्यदलका संयोजक ढकालले भन्नुभयो, “पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गैँडाको वासस्थान छ । संसारमै दुर्लभ एकसिङे गैँडालगायतका वन्यजन्तुको वासस्थान विस्तार गरी ती वन्यजन्तु संरक्षणमा थप टेवाका लागि कोसीटप्पुमा पनि विस्तारको योजना बनेको छ ।” वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले गैँडासहित कृष्णसार, बाह्रसिँगाको सङ्ख्या तराई क्षेत्रभरि विस्तार गर्न सके वन्यजन्तुको महामारी, बाढी तथा डुबानजस्ता प्राकृतिक विपत्तिबाट दुर्लभ वन्यजन्तुलाई बचाउन सहज हुने भएकाले सरकारले यसलाई महìवसाथ अघि बढाएको बताउनुभयो । कोसीटप्पु क्षेत्रको ऐतिहासिक अध्ययनमा बाघ र गैँडाको वासस्थान रहेको देखिएको छ । पछि वन फँडानी हुँदै वासस्थान खल्बलिएपछि पूर्वी नेपालमा गैँडा हराएको हो । गैँडाको आहाललाई चाहिने कोसी नदीको पानीको स्थायी स्रोत भएकाले घाँसेमैदानको थप व्यवस्थापन गर्न सके गैँडाको सानो झुन्ड सजिलैसँग बचाउन सकिने अवस्था रहेको विभागका इकोलोजिस्ट गणेश पन्तले जानकारी दिनुभयो । बर्दियामा मात्र रहेको कृष्णसारलाई शुक्लाफाँटाको हीरापुर फाँटामा विस्तार गर्दा हाल १५० वटा झुन्ड तयार भएको छ ।