पछिल्लो समयमा बिदाको सदुपयोग गरी बालबालिका विभिन्न कलात्मक सीप सिक्ने लोकप्रियता बढ्दो छ । अभिभावकको कार्यालय जानुपर्ने व्यस्तता तथा प्रतिस्पर्धाका कारण बालबालिका प्रतिभावान् हुनुपर्ने मान्यता छ ।
मुलुकमा पछिल्लो पाँच वर्षको अवधिमा झन्डै डेढ खर्ब रुपियाँ बराबरको खाना पकाउने (एलपी) ग्यास आयात भएको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत प्रयोग बढ्दै गएकाले आयात परिमाण बर्सेनि बढ्दै गएको हो ।
नेपालको सबैभन्दा सानो तर देशकै पहिलो रामसार सूचीमा सूचीकृत कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको सिमसार सुक्न थालेको छ । प्रदेश १ र मधेस प्रदेशको सीमामा रहेको तीन जिल्लामा फैलिएको सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्षको पूर्वतर्फको सिमसार सुक्न थालेको हो ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको दोस्रो दिन बागमती प्रदेशका विभिन्न जिल्लामा ठूला दलहरूले -याली र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
शिवराज ढुङ्गाना अछाम, वैशाख १३ गते । चौरपाटी गाउँपालिकामा २४ वर्षीया अनिता खड्काले कान्छी उपाध्यक्षका रुपमा उम्मेद्वारी दर्ता गर्नुभएको छ । सोमबार अनिताले नेकपा (एमाले) बाट चौरपाटी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । चौरपाटी गाउँपालिका–५ लुङग्रा निवासी अनिताले समाजको आवश्यकता र सामाजप्रति आफ्ना सामुहिक परिकल्पनाले उम्मेद्वारी दिएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि र महिला हिंसामा ठूलाे समस्या देख्नुभएकी अनिताले आफू निर्वाचितपछि स्थानीयवासीकै सहयोगमा नीति, कानुन बनाएर समाधानमा जाने भनाइ राख्नुभयो । “आफ्नो गाउँ-ठाउँलाई सुन्दर र विकसित बनाउन मेरा केही सपना र सङ्कल्प छन्, तिनलाई पूरा गर्न मेरो उम्मेद्वारी हो ।” आफ्नो उम्मेद्वारीको पुष्ट्याइँ अनिताको छ । “गाउँघरमै हुर्केकीले म यहाँका समस्यामा भिजेकी छु, ती समस्यालाई सामूहिक समाधानका लागि अधिकतम प्रयास गर्नेछु ।” अनिताले भन्नुभयो ।श्रीकोटमा रहेको त्रिपुरासुन्दरी क्याम्पसमा स्नातक अध्ययन गरिरहेकी अनिता युवाको प्रतिनिधित्वमा आएको बताउनुभयो । “बुढापाकाले मात्रै समाज सेवा गर्ने हैन, युवाले पनि सार्वजनिक संस्था हाक्न सक्छन् भनेर उदाहरणका लागि साहस गरेकी छु ।” सडक, खानेपानी, सिचाइँ, कृषि उत्पादनका समस्या र सामाजिक कुरीतिका विरुद्धमा गाउँवासीसँगै अगुवा भएर लड्ने अनिताको भनाइ छ । आफूलाई उम्मेद्वारीमा उत्साहभन्दा पनि गाउँका समस्याले पिरोलेको त्यसका समाधानका लागि बाटो खोजिरहेको बताउनुभयो । परिवार नै राजनीतिमा रहेकोले अप्रत्यक्ष प्रेरणाले यस क्षेत्रमा क्रियाशील रहेको भनाइ अनिताको छ । “म एक्कासि राजनीतिमा आएकी हैन, गाउँका हरेक छलफल, बैठकमा गएर कुरा राख्ने गर्थे, त्यसैले मलाई सहयोग भइरहेको छ ।” युवा सङ्घको केन्द्रीय सदस्य रहेकी अनिताले भन्नुभयो । गाउँपालिका विकसित र समृद्ध बनाउन आफू पदमा रहे÷नरहे पनि क्रियाशील भइरहने भनाइ छ । यता रुपन्देहीको सिद्धार्थनगरमा नेकपा (एमाले) ले कान्छी उम्मेदवारलाई वडा सदस्यमा मनोनयन गराउनुभएकाे छ । नगरको वडा नम्बर ६ मा २१ वर्षीया श्वेताकुमारी हरिजनले महिला (दलित) सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ अहिले स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ वटै तहमा मनोनयनको दोस्रो दिन सोमबार उत्सव मनाएझैँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेलगायतका पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी वैशाख ३० गते तय भएको स्थानीय निर्वाचनका लागि सोमबार मनोनयन दर्ता सम्पन्न भएको छ । ७५३ स्थानीय तहअन्तर्गत ३५ हजार २२१ पदका लागि सत्तारूढ पाँच दलीय गठबन्धन, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा अन्य साना दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीका लागि जारी गरेको न्यूनतम प्रिमियम दर निर्धारणसम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने भएको छ । निर्माण व्यवसायी तथा ऊर्जा उत्पादकहरूको चर्को विरोधपछि समितिले सो निर्देशिका कार्यान्वयन स्थगन गरेको हो । सोमबार आन्दोलनरत पक्ष र समितिबीच सो निर्देशिका हाललाई स्थगित गर्ने र थप अध्ययनका लागि नयाँ उपसमिति गठन गर्ने सहमति भएको हो ।
नेपालगञ्ज क्षेत्रमा जग्गा अभावका कारण नयाँ उद्योग स्थापना गर्न समस्या हुन थालेको छ ।नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न खाली जग्गा छैन भने प्रस्तावित नौबस्ता औद्योगिक क्षेत्रको निर्माण समयमै सुरु हुन नसकेकाले उद्योगी व्यवसायी अत्यधिक चर्को मूल्यमा जग्गा किनेर उद्योग सञ्चालन गर्न बाध्य भएका छन् ।
कपिल ज्ञवालीसिद्धार्थनगर,बैसाख १३ गते । रुपन्देहीको सिद्धार्थनगरमा नेकपा (एमाले) ले कान्छी उम्मेदवारलाई वडा सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नगरको वडा नम्बर ६ मा २१ वर्षीया श्वेताकुमारी हरिजनले महिला (दलित) सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।उहाँ अहिले स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । अब युवा पनि जनप्रतिनिधिको रुपमा आउनुपर्ने आवश्यकता छ उहाँ ले भन्नुभयो, । सिद्धार्थनगर–६ मा एमालेबाट वडाअध्यक्षमा राम दयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेता कुमारी हरिजनले उम्मेदवारी दर्ता गराउनुभएको हो ।काँग्रेसको तर्फबाट प्रमुखमा संविधान सभा सदस्य इस्तियाक अहमद खाँ र उपप्रमुखमा पल्लवी न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
स्थानीय तहको निर्वाचनका लागि सोमबार राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार र सोमबार मनोनयन गर्ने दुई दिन भए पनि आवश्यक सहमतिका लागि भन्दै राजनीतिक दलहरूले सोमबार मात्रै उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । आइतबार केही स्वतन्त्र र साना दलले मात्रै उम्मेदवारी दर्ता गराएका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा प्रविधिको विकासमार्फत देशलाई आर्थिक समृद्वितर्फ लैजान सकिने बताउनुभएको छ । राजधानीको सिनामङ्गलमा रहेको एभियसन म्युजियममा सोमबारदेखि सुरु भएको विज्ञान प्रदर्शनी उद्घा
स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिका बमोजिम वैशाख ११ र १२ गते गरी दुई दिन मनोनयन दर्ता भएको हो ।
विष्णुप्रसाद देवकोटा डोल्पा, वैशाख १३ गते । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्षमा मनोनयन गर्दा निर्विरोध हुनुभएका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा (एमाले) पार्टीबाट निर्वाचित हुनुभएको मतदान अधिकृत घनश्याम घिमिरेले जानकारी दिनुभयो । गुरुङ निर्विरोध भएपछि नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीको तर्फबाट भन्दै दावी गरेका थिए । दुई वटा पार्टीबाट टिकट लिएको गलत प्रचार भए पनि निर्वाचन अधिकृतले भने एमालेकै तर्फबाट मनोनयन दर्ता गर्नुभएको स्पष्ट पारेको छ । सोमबार मनोनयन दर्ता गराएसँगै गुरुङ निर्विरोध अध्यक्षमा बन्नुभएको थियो । सोमबारसम्म स्थानीय तहको निर्वाचनका लागि एक लाख चार हजार १२३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा दुई हजार ७४४ र उपप्रमुख पदमा एक हजार ६९९ उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षको पदमा दुई हजार ९४१, उपाध्यक्ष पदमा दुई हजार २३ र वडाअध्यक्ष पदमा २५ हजार ६४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, महिला सदस्य पदमा १७ हजार ४६७, दलित महिला सदस्यमा १५ हजार ६९७ र सदस्यमा ३६ हजार ४८८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।