• १२ असोज २०८१, शनिबार

सल्यानमा यात्रु बहाक बस दुर्घटना हुँँदा छजना घाइते

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, जेठ १३ गते । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङको तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका ३ की ५८ वर्षीया दिलकुमारी खड्का रहेका छन् । घाइतेहरूको बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले बस ओरालोमा भएको र बस चालकले बस रोकी साइड हेर्न झरेको समयमा एक यात्रुले गियर चलाएपछि बस दुर्घटना भएको अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार आज बिहान सोही ठाउँमा ट्रिप्पर दुर्घटना भएको थियो । 

घटना थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।