• १३ साउन २०८१, आइतबार

देशभर २५ पालिकामा थारु उम्मेदवार निर्वाचित

blog

काठमाडौं, जेठ १३ गते । स्थानीय तह निर्वाचन २०७९ मा ३३१ जना थारु उम्मेदवार निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपालभर सो संख्यामा थारु जनप्रतिनिधि निर्वाचित भएको देखिएको हो । साे अनुसार नगरप्रमुखमा १२ जना, उपप्रमुखमा १६, गाउँपालिका अध्यक्षमा १३ र उपाध्यक्षमा १६ निर्वाचित हुनुभएकाे छ । यस्तै, देशभर २७४ जना वडाध्यक्षमा यस समुदायबाट निर्वाचित हुनुभएकाे छ ।

कञ्चनपुरको कृष्णनगर नगरपालिकाको उपप्रमुखमा द्रोपती राना र वडा नम्बर ३, ६, ७ मा क्रमशः खेमराज चौधरी, बाबुराम चौधरी र घुम्मन चौधरी निर्वाचित हुनुभएको छ ।

पुर्नवास नगरपालिमा उपप्रमुखमा भूलिया कुमारी राना र वडा नम्बर १, ७, १० मा मोहनलाल राना, मुलचन्द राना र शुकदेव राना र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा हरिशचन्द्र राना र वडा नम्बर ३ मा दुर्गाप्रसाद चौधरी विजयी हुनुभएको छ ।

बेलौरी नगरपालिकाको प्रमुखमा पोतीलाल चौधरी, उपप्रमुखमा जोगराम चौधरी र वडा नम्बर २, ५, ६, ८, ९, १० मा कलबीर चौधरी, लालबहादुर चौधरी, भोजराज चौधरी, बिसराम चौधरी, किसनसिंह राना, सोमलाल चौधरी र भिमदत्त नगरपालिकाको वडा नम्बर १९ मा जगुराम थारु चौधरी विजयी हुनुभएको छ ।

कैलाली कैलालीको घोडाघोडी नगरपालिकाको उपप्रमुख पदमा गुलिया कुमारी चौधरी र वडा १, ६, ७ र १२ को वडा अध्यक्षमा क्रमशः लक्ष्मीप्रसाद चौधरी, धनबहादुर चौधरी, जुगराम चौधरी र रामदुलारे चौधरी विजयी हुनुभएको छ ।

कैलालीकै कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी, उपाध्यक्षमा भगवती कुमारी चौधरी र वडा नम्बर २, ३, ४, ५, ६, ८ र ९ मा क्रमशः विकास चौधरी, सन्तराम चौधरी, ठागुराम चौधरी, विष्णुप्रसाद चौधरी, प्रेमबहादुर चौधरी, तारा कठरिया र खेम चौधरी विजयी हुनुभएको छ ।

गोदावरी नगरपालिकाको वडा नम्बर ५, ६, ८ र ९ मा क्रमशः शुद्धिराम चौधरी, जग्गुराम चौधरी, गोविन्द चौधरी र रामलाल राना र गौरीगंगा नगरपालिकाको वडा नम्बर ४, ७, ८, ९ र ११ मा क्रमशः रामबहादुर चौधरी, आशाराम चौधरी, करुणा चौधरी र साहेवलाल चौधरी अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

जानकी गाउँपालिकामा गणेश चौधरी अध्यक्ष, लालमतीदेवी कठरिया उपाध्यक्ष र वडा नम्बर १, ३, ४, ५, ६, र ७ मा क्रमशः सुरेश कुमार चौधरी, सुरेश कुमार चौधरी, दिपेन्द्र कुमार कठरिया, भिमबहादुर चौधरी, इन्द्र चौधरी र कमल महतो विजयी हुनुभएको छ ।

जोशीपुर गाउँपालिकामा चित्रबहादुर चौधरी अध्यक्ष, रेखादेवी चौधरी उपाध्यक्ष र वडा नम्बर १, २, ३, ४, ५, ६ मा क्रमशः रामचन्द्र चौधरी, विष्णुप्रसाद डंगौरा, रेणुकुमारी चौधरी, रामजनम चौधरी, अनरकुमार चौधरी र भोजराज डंगौरा विजयी हुनुभएको छ ।

टीकापुर नगरपालिकाको नगरप्रमुखमा रामलाल डंगौरा र वडा नम्बर २, ४, ५, ६, ९ मा क्रमशः दिपक चौधरी, लालबीर चौधरी, बलविर चौधरी, बलिराम चौधरी र लौटन चौधरी अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर १ मा जोगीराम थारु, गेरुवा गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी र वडा नम्बर १, २, ३, ४, ५ र ६ मा क्रमशः कर्मप्रसाद चौधरी, कृष्ण थारु, निर्मल चौधरी, महेन्द्र चौधरी, धर्मप्रकाश थारु र कृष्ण गोपाल चौधरी,

ठाकुरद्वारा नगरपालिकाको वडा नम्बर ३, ५, ९ मा क्रमशः श्रीकृष्ण थारु, शम्भुप्रसाद थारु, राधा चौधरी, बढैयाताल गाउँपालिकाको वडा नम्बर ५, ७ र ९ मा क्रमशः तुलाराम चौधरी, राधेश्याम चौधरी, बिरबहादुर चौधरी वडा अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

बारबर्दिया नगरपालिकामा छविलाल चौधरी नगरप्रमुख पदमा र वडामा क्रमशः १, २, ३, ५, ७, १०, ११ मा कैलासपति थारु, रामफेरन चौधरी, नन्दलाल थारु, लालबहादुर थारु चौधरी, इन्द्रप्रसाद थारु चौधरी, रणबहादुर चौधरी र विजयकुमार चौधरी विजयी हुनुभएको छ ।

बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ६, ७, ८, १५ मा क्रमशः श्रीकृष्ण थारु, ठग्गा थारु, लालबहादुर राना र दिपेन्द्र कुमारी चौधरी र डुडवा गाउँपालिकामा नरेन्द्र चौधरी अध्यक्षमा विजयी हुनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ७, ८ मा क्रमशः  दिनेश कुमार थारु र भगन थारु विजयी हुनुभएको छ । राप्ती सोनारी गाउँपालिकाको उपाध्यक्षमा मनिषा सिंह थारु र वडा नम्बर ३, ५, ७ र ९ मा क्रमशः मिनकुमार थारु, झगरु थारु, रामलखन थारु र सोहनलाल चौधरी विजयी हुनुभएको छ ।

दाङको गढवा गाउँपालिकामा शारदा कुमारी चौधरी उपाध्यक्ष र वडा नम्बर २, ४ र ७ मा क्रमशः भक्तु चौधरी, हरिभगत चौधरी र राहलदेव चौधरी विजयी हुनुभएको छ ।

घोराही उपमहानगरपालिकामा नरुलाल चौधरी पुनः नगरप्रमुखमा विजयी हुनुभएको छ भने वडा नम्बर २, ३, ७ र ९ मा क्रमशः चित्रबहादुर चौधरी, रामप्रसाद चौधरी, खोपिराम चौधरी र चैतु कुमार चौधरी, तुल्सीपुर उपमहानगरपालिकामा स्यानी चौधरी उपप्रमुख र वडा नम्बर १२, १५ मा क्रमशः खुशिराम चौधरी र लक्ष्मण चौधरी, दंगीशरण गाउँपालिकाको वडा नम्बर ३ र ४ मा क्रमशः सुकलाल चौधरी र कमल थारु विजयी हुनुभएको छ ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिको वडा नम्बर ९ मा बिरबल चौधरी विजयी हुनुभएको छ ।

सुस्ता गाउँपालिकाको उपाध्यक्षमा गीता चौधरी र वडा नम्बर १ मा अशोक कुमार चौधरी अध्यक्ष पदमा विजयी हुनुभएको छ । प्रतापुर गाउँपालिकाको उपाध्यक्षमा मानकुमारी चौधरी र वडा नम्बर १, ९ मा महेन्द्रबहादुर थारु चौधरी र जयकिसुन चौधरी विजयी हुनुभएको छ ।

सरावल गाउँपालिकाको अध्यक्षमा सुखाडी प्रसाद चौधरी ९थारु० र वडा नम्बर २, ३, ५ मा क्रमशः शम्भुप्रसाद चौधरी, फिरंगी चौधरी र लक्ष्मणप्रसाद चौधरी विजयी हुनुभएको छ ।

बर्दघाट नगरपालिकाको वडा नम्बर ६, ७, ११, १२ र १३ मा क्रमशः रोहित थारु, ध्रुव थारु, फरेन्द्र चौधरी, उमाशंकर चौधरी र नरबहादुर चौधरी अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

रामग्राम नगरपालिको उपप्रमुखमा सम्झना चौधरी र वडा नम्बर १२, १३ मा क्रमशः लोकबहादुर चौधरी र असनारायण चौधरी विजयी हुनुभएको छ ।

रुपन्देही रुपन्देहीको ओमसतिया गाउँपालिकामा सुनिता चौधरी उपाध्यक्षमा पदमा विजयी हुनुभएको छ । कंचन गाउँपालिकामा हरिनारायण थारु वडा नम्बर १ को अध्यक्षमा विजयी हुनुभएको छ ।

गैडहवा गाउँपािलकाको वडा नम्बर १ मा प्रदिपकुमार चौधरी, तिलोत्तम नगरपालिकाको वडा नम्बर १२, १७ मा सहदेव चौधरी, दानबहादुर चौधरी विजयी हुनुभएको छ । मर्चवारी गाउँपालिकाको वडा नम्बर २, ४ र ७ मा शसिदयाल चौधरी, ओमप्रकाश चौधरी र गनेश चौधरी कुर्मी र मायाँदेवी गाउँपालिकामा ध्रुव नारायण चौधरी विजयी हुनुभएको छ ।

रोहिणी गाउँपालिकाको वडा नम्बर ६ मा इन्द्रमान चौधरी थारु, सुद्धोधन गाउँपालिकाको वडा नम्बर ५ मा चन्द्रमान चौधरी थारु, सियारी गाउँपालिकामा तारा थारु उपाध्यक्ष, सैनामैना नगरपालिकामा विना राना उपप्रमुख र वडा नम्बर ७ मा राजकुमार चौधरी, बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ मा हरि नारायण थारु विजयी हुनुभएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिकाको वडा नम्बर ५ मा दिपेश कुमार चौधरी विजयी हुनुभएको छ ।

कृष्णनगर नगरपालिकाको उपप्रमुखमा आरती देवी चौधरी र वडा नम्बर १ मा तुङनाथ चौधरी, बाणगंगा नगरपालिकाको उपप्रमुख पदमा रीताकुमारी चौधरी, वडा नम्बर ११ मा नरेन्द्रप्रसाद चौधरी, बुद्धभूमि नगरपालिकामा मिरा चौधरी उपाध्यक्ष, वडा नम्बर ४ मा ससिल कुमार चौधरी, महाराजगञ्ज नगरपालिको वडा नम्बर १, १० मा क्रमशः प्रमोद कुमार चौधरी र शैलेन्द्र कुमार चौधरी, मायाँदेवी गाउँपालिकाको वडा नम्बर ६, ७ मा संदीप कुमार चौधरी र जर्नादन प्रसाद चौधरी कुर्मी विजयी हुनुभएको छ ।

चितवन चितवनको खैरहनी नगरपालिकाको वडा नम्बर १० मा चन्द्रविक्रम चौधरी, रत्ननगर नगरपालिकाको वडा नम्बर ४, ८ मा रामकुमार चौधरी, कृष्ण चौधरी, राप्ती नगरपालिकाको वडा नम्बर ६ मा जल्लु महतो थारु विजयी हुनुभएको छ ।

रौतहट रौतहटको गरुडा नगरपालिको उपप्रमुख पदमा पुनम कुमारी चौधरी र वडा नम्बर ६ मा रामबाबु चौधरी, चन्द्रपुर नगरपालिकाको उपप्रमुख पदमा जयमाला कुमारी चौधरी र वडा नम्बर ८, १० मा जितेन्द्र कुमार चौधरी र टंकेश्वर चौधरी, कटहरिया नगरपालिकाको वडा नम्बर ६ मा जयराम चौधरी विजयी हुनुभयाे ।

गुजरा नगरपालिकाको नगरप्रमुखमा सन्तलाल चौधरी र वडा नम्बर १, २, ३ र ९ मा क्रमशः रामजीत चौधरी, अशोक कुमार चौधरी थारु, गजेन्द्र कुमार चौधरी र प्रेम चौधरी, गौर नगरपालिको वडा नम्बर १ मा लालबाबु चौधरी विजयी हुनुभएको छ ।

दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर १, २, ५ मा प्रद्युमन कुमार चौधरी, सुरेश चौधरी र धर्मनाथ चौधरी र फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ८, १०, ११ मा क्रमशः नितेश कुमार चौधरी, मंजय कुमार चौधरी, ज्ञानेन्द्र चौधरी, सखवा प्रसौनी गाउँपालिकाको वडा नम्बर १, २ मा बासुदेव चौधरी र चिरंजिवी प्रसाद महतो थारु, जिराभवनी गाउँपालिकाको अध्यक्षमा अनोज चौधरी, रेखा चौधरी उपाध्यक्ष र वडा नम्बर १, २, ३, ४ र ५ मा क्रमशः रामशरण खवास थारु महादेव महतो थारु, सरुज राय थारु, राजेश्वर दास थारु, दारासिंह राउत थारु विजयी हुनुभयाे ।

पटेवा सुगौली गाउँपालिकाको अध्यक्षमा दिनेश कुमार चौधरी र वडा नम्बर ३, ४ मा माधव प्रसाद राउत थारु र बासु पंजियार थारु, पर्सागढी नगरपालिकाको उपप्रमुखमा पूजा चौधरी र वडा नम्बर २, ८ मा विरेन्द्रप्रसाद महतो थारु र सुन्दरी देवी थारुनी र वीरगञ्ज नगरपालिकाको वडा नम्बर २९ मा धमेन्द्र प्रसाद महतो थारु विजयी हुनुभएको छ ।

महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको वडा नम्बर ३,७ मा विरेन्द्र चौधरी, मनोज चौधरी, जलेश्वर नगरपालिकाको वडा नम्बर ३ मा रत्नकुमार चौधरी र महोत्तरी गाउँपालिकाको वडा नम्बर १ मा रंजितकुमार चौधरी, औरही नगरपालिकाको वडा नम्बर १, ६ र ९ मा योगी चौधरी, शुशिल कुमार चौधरी र रघुनन्दन चौधरी, भंगहा नगरपालिकाको वडा नम्बर १ मा इन्द्रशेखर पजियार थारु, मटिहानी नगरपालिकाको वडा नम्बर ९ मा मदन चौधरी, मनरा शिसवा नगरपालिकाको वडा नम्बर १० मा अरुण कुमार चौधरी, ईश्वरपुर नगरपालिकाको उपप्रमुखमा रंजिता देवी चौधरी र वडा नम्बर ७, ९, १०, १५ मा क्रमशः नाथुराम चौधरी, नन्दलाल चौधरी, रामनारायण चौधरी र उमेश कुमार चौधरी विजयी हुनुभएको छ ।

चन्द्रपुर गाउँपालिकाको वडा नम्बर ७ मा दिपेन्द्र कुमार चौधरी, लालबन्दि नगरपालिकाको वडा नम्बर ३, ४ मा बुद्धदेव चौधरी, सत्य नारायण चौधरी, कौडेना गाउँपालिकाको वडा नम्बर ३ मा पचु चौधरी कल्वार, बलरा नगरपालिकाको वडा नम्बर ९ मा विरेन्द्रप्रसाद चौधरी, रामनगर गाउँपालिकाको वडा नम्बर १ मा ब्रहमदेव चौधरी, विष्णु गाउँपालिकाको वडा नम्बर ३ मा जयकुमार चौधरी, हरिपुर गाउँपालिकाको वडा नम्बर ५, ७ मा सुरेन्द्रप्रसाद चौधरी र मनोज कुमार चौधरी विजयी हुनुभएको छ ।

बारा बाराको करैयामाई गाउँपालिकाको उपाध्यक्षमा सुनैनाकुमारी चौधरी र वडा नम्बर २, ५, ६, ७, ८ मा क्रमशः सुरेन्द्र चौधरी, उमेशप्रसाद चौधरी, राजकुमार चौधरी, बिरिज चौधरी र दिनेश चौधरी, करैया उपमहानगरपलिकाको वडा नम्बर २१ मा शिवविहारी चौधरी विजयी हुनुभयाे ।

यस्तै कोल्हवी नगरपालिकाको नगरप्रमुखमा रामप्रसाद चौधरी, उपप्रमुखमा लक्ष्मी कुमारी चौधरी र वडा नम्बर १, ३, ५, ६, ९, १० र ११ मा क्रमशः राजहरण चौधरी, किसनदयाल चौधरी थारु, नन्द किशोर चौधरी, दिनेश प्रसाद चौधरी, दलबहादुर चौधरी, कुञ्जविहारी चौधरी र नन्द किशोर चौधरी र निजगढ नगरपालिकाको वडा नम्बर ११ मा सहइया गुरो थारु, बारागढी गाउँपालिकाको वडा नम्बर १, ५ मा सुरेश प्रसाद चौधरी र मनेजर चौधरी, पचरौता नगरपालिकाको वडा नम्बर ८ मा प्रेम नारायण चौधरी, जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ५,१३ मा दिपेन्द्र चौधरी र हेमनारायण चौधरी विजयी हुनुभएको छ ।

धनुषा धनुषाको जनकपुर उपमहानगरपालिकाको वडा नम्बर ११ मा अर्जुन कुमार चौधरी विजयी हुनुभएको छ । सप्तरी सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा दिनानाथ चौधरी अध्यक्ष र वडा नम्बर २, ३ मा क्रमशः पशुपति चौधरी र गोपालप्रसाद चौधरी विजयी हुनुभएको छ ।

कञ्चनरुप नगरपालिकाको वडा नम्बर ३, ६, ७ मा क्रमशः गुलटेन चौधरी थारु, बच्चुलाल चौधरी, सामानन्द चौधरी, खडक नगरपालिकाको नगर प्रमुखमा जयप्रकाश चौधरी, उपप्रमुखमा रीता कुमारी चौधरी विजयी हुनुभएको छ भने वडा नम्बर ३, ४, ८, १०, ११ मा क्रमशः देवनारायण चौधरी थारु, गंगाराम चौधरी, विन्दुलाल चौधरी थारु, राजेन्द्र प्रसाद चौधरी र राम कृष्ण चौधरी विजयी हुनुभएको छ ।

छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा विद्यानन्द चौधरी, डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १, ५, ९, १० मा क्रमशः प्रितम लाल चौधरी, रमेश कुमार चौधरी, कुन्जीलाल चौधरी र तिरहुत गाउँपालिकाको वडा नम्बर ५ मा रमानन्द चौधरी विजयी हुनुभएको छ ।

बोदे बरसाइन नगरपालिकाको वडा नम्बर ८ मा बैद्यनाथ चौधरी, राजविराज नगरपालिकाको वडा नम्बर १, ६ र १३ मा त्रिलोकी नाथ चौधरी र शम्भुनाथ नगरपालिकाको उपप्रमुखमा अनिता कुमारी चौधरी र वडा नम्बर २, ३, ५, ६, ७ र ८ मा क्रमशः  दुर्गानन्द भगत, नविनकुमार चौधरी, जामुनाप्रसाद चौधरी थारु, सचेन्द्र प्रसाद चौधरी, गोपाल प्रसाद चौधरी, इन्द्रकान्त चौधरी  विजयी हुनुभयाे ।

सप्तकोसी नगरपालिकाको उपप्रमुखमा रीता कुमारी चौधरी र वडा नम्बर ५, ६, ७ मा क्रमशः गोसाई चौधरी, नन्दीलाल चौधरी र जितन चौधरी विजयी हुनुभएको छ ।

सुरुङ्ग नगरपालिकाको प्रमुखमा गीता चौधरी र वडा नम्बर ४, ५, ७ र ११ मा क्रमशः देवेन्द्र प्रसाद चौधरी, दिलाराम चौधरी, शिवनारायण चौधरी र रामकुमार चौधरी र गोलबजार नगरपालिकाको वडा नम्बर ८ मा देव नारायण चौधरी, धनगढीमाई नगरपालिकाको प्रमुखमा संगीता कुमारी चौधरी र नरहा गाउँपालिकाको उपाध्यक्ष पदमा गुलावदेवी चौधरी, लक्ष्मीपुर पटारी गाउँपालिकाको वडा नम्बर २ मा रामचन्द्र चौधरी विजयी हुनुभएको छ ।

लहान नगरपालिकाको प्रमुखमा महेश प्रसाद चौधरी र वडा नम्बर १, ९, ११, १२, १५, १७, २० र २२ मा क्रमशः युगल किशोर चौधरी, घुरन थारु, सुर्यनारायण चौधरी, बद्रीनारायण चौधरी, तेजनारायण चौधरी, प्रथमलाल चौधरी थारु, गणेश कुमार चौधरी र श्याम कुमार चौधरी र सुशीपुर नगरपालिकाको वडा नम्बर १, ८ मा राजेन्द्र प्रसाद चौधरी र किशोर प्रसाद चौधरी विजयी हुनुभएको छ । उदयपुर उदयपुरको बेलका नगरपालिकाको वडा नम्बर १ मा दिनेश्वर प्रसाद चौधरी विजयी हुनुभएको छ ।

सुनसरी सुनसरीको ईटहरी उपमहानगरपालिकाको उपप्रमुखमा संगीता कुमारी चौधरी र वडा नम्बर ७, ८, १०, १४, १५, १६, १८ र १९ मा क्रमशः देवनारायण चौधरी, रोहितकुमार चौधरी, अवधेश चौधरी, रमेश प्रसाद चौधरी, जयनारायण चौधरी, तेजनारायण चौधरी, रामकुमार चौधरी र श्रीनारायण चौधरी विजयी हुनुभएको छ । गढी गाउँपालिकाको अध्यक्षमा आशनारायण चौधरी र वडा नम्बर १ मा प्रदिप कुमार चौधरी विजयी हुनुभएको छ ।

दुहवी नगरपालिकाको प्रमुखमा वेदनारायण चौधरी र वडा नम्बर ७, १२ मा क्रमशः विजयकुमार चौधरी र रामचन्द्र चौधरी विजयी हुनुभएको छ ।

बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ४, ११ मा क्रमशः आशाराम चौधरी र कृष्ण कुमार महतो र बर्जु गाउँपालिकाको उपाध्यक्षमा नितुकुमारी चौधरी र वडा अध्यक्षमा क्रमशः अजय कुमार चौधरी र अशोक कुमार चौधरी विजयी हुनुभएको छ ।

रामधुनी नगरपालिकाको प्रमुखमा शंकरलाल चौधरी र वडा नम्बर १, २, ३ र ९ मा क्रमशः महेशकुमार चौधरी, रामनारायण चौधरी, बुध नारायण चौधरी, घनश्याम चौधरी अध्यक्ष पदमा विजयी भएका छन् भने हरिनगर गाउँपालिकाको अध्यक्षमा रिमझिम कुमारी भगत हुनुहुन्छ ।

मोरङ मोरङको कटहरि गाउँपालिकाको अध्यक्षमा देवराज चौधरी विजयी हुनुभएको छ 

ग्रामथान गाउँपालिकाको अध्यक्षमा जयप्रकाश चौधरी, गुणावती देवी थारु र वडा सदस्यहरु ५, ६ र ७ मा क्रमश भेषनारायण चौधरी, विरनारायण चौधरी र विरेन्द्र चौधरी र धनपालथान गाउँपालिकाको अध्यक्षमा जिवछप्रसाद चौधरी र वडा नम्बर ४ को वडा अध्यक्षमा श्रीराम चौधरी विजयी हुनुभएको छ ।

बेलबारी नगरपालिकाको वडा नम्बर ७ मा सुनिता चौधरी र सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ५, ११ मा क्रमश गणेश चौधरी र विसनलाल चौधरी विजयी हुनुभएको छ ।

विराटनगर उपमहानगरपालिकाको वडा नम्बर ९, १४ मा क्रमशः विश्वनाथप्रसाद भगत र सुर्यनारायण महतो विजयी हुनुभएको छ ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।