• १२ भदौ २०८२, बिहिबार

पञ्चमीमा रुद्राक्ष र पिपल रोपियो

blog

पञ्चमीमा वृक्षारोपण गरिदै ।

गोरखापत्र अनलाइन

काठमाडौ, भदौ १२ गते । जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गत  वृक्षारोपण कार्यक्रमलाई ऐक्यवद्धता जनाउँदै वाचिका राधिका दासी र नेपाल सरकारका पूर्वसचिब भिम उपध्यायले पशुपतिनाथ भण्डारखालमा रुद्राक्ष र पिपलको बोट रोप्नुभएको छ । 

तराई बिकास तथा संचार केन्द्र नेपालद्वारा आज आयोजित कार्यक्रममा सतकर्ममा जोडिएका विभिन्न संस्थाका अध्यक्षहरुसहितको उपस्थितिमा विरुवा रोपिएको हो । सतकर्मको अभियानबाट खर्चिलो र भड्किलो बन्दै गइरहेको जन्मोत्सव मनाउने होडबाजीलाई न्यूनीकरण गर्दै सेवाभाबलार्इ बढवा दिदै  पर्यावरणीय  क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने बिश्वास समेत दासी र उपाध्यायले गर्नुभयो ।  

अभियानको तर्फबाट राष्ट्रिय संयोजक गोबिन्दप्रसाद चौलागाईंले  समय दिएर बृक्ष रोप्दिनुभएकोमा आभार व्यक्त गर्नुभयो । सोही दिन रौतहटको चन्द्रपुर ९ सिन्दुरेघारी चादिखोला छेउमा निर्माणाधीन अवस्थामा रहेको नेपालकै पहिलो जन्मोत्सव पार्कमा महेश श्रेष्ठसहितको समूहले जन्मोत्सवमा विरुवा रोपिएको चौलागाईले बताउनुभयो । सो अवसरमा रुद्राक्ष, पिपल, चन्दन, लगायतका सयौं बृक्ष रोपिएको अभियानका संयोजक चौलागाईंले बताउनुभयो ।