कुनै पनि समाजको सचेतनाको अवस्था बुझ्न उक्त समाजले कस्ता विषयलाई प्राथमिकतामा राखेको छ, कुन किसिमले सम्बन्धित विषयलाई ग्रहण गर्छ वा कस्तो प्रतिक्रिया देखाउँछ भन्नेमा निर्भर गर्छ । प्रायःजसो मानवनिर्मित भौतिक र रासायनिक क्रियात्मक परिवर्तन तुरुन्तै देखिन वा अनुभूति गर्न सकिन्छ तर सामाजिक परिवर्तन यति सूक्ष्म रूपले भइराखेको हुन्छ कि सतहमा देखिन र अनुभूति गर्न लामो समय नै चाहिन्छ । यसको अर्थ परिवर्तन रोकिएको हुँदैन ।
मन्दिरै मन्दिरको पौराणिक सहर काठमाडौँ आजभोलि फोहोरको डुङ्गुरले पुरिएको छ । फोहोरको डुङ्गुर हुनुमा हामी सबै दोषी छौँ । एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्नुभन्दा यसको दीर्घकालीन व्यवस्थापनमा एकजुट भएर लाग्नु सबैको कर्तव्य हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई बोलाएर काठमाडौँको फोहर व्यवस्थापनका विषयमा जानकारी लिनुभएको छ।
नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ ।
काठमाडौं, जेठ २६ गते। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक- २०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ। संघीय संसदको सचिवालयका अनुसार शुक्रबार परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुनेछ। बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।
काठमाडौं जिल्ला अदालतले सिलिण्डर ग्यास विष्फोट गराएको अरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनबाट १० मतकासाथ राइनास नगरपालिका ९ का गुरुङ प्रमुख पदमा बिजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी सुन्दरबजार नगरपालिका ७ निवासी नेपाली कांग्रेसका मुरली कुमालले ६ मत ल्याउनुभयो ।
काठमाडौं उपत्यकामा बिहीबार दुई वटा शव भेटिएका छन्।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको सिमकोट शाखाबाट खाने तेल र मैदा बिक्री गरेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखी लिमीटेडको प्रादेशिक कार्यालयद्वारा उपलब्ध भएको उक्त तेल र मैदा बिक्री गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिबृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिबृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।
पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन । गाडी भेट्न पैदल हिडेर दरबाङ बजार झर्नुपथ्र्यो । दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपथ्र्यो । विरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौंसम्म पैदल हिड्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँका स्थानीयवासीका दुःख, पीडा भएपनि संघीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ ।
फ्रिडमले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार मिश्रित प्रदर्शन गरेको छ । चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा फ्रिडम ‘ए’ ले खान भाइ खलकलाई ४–० गोलले हरायो ।
इलामको सूर्योदय नगरपालिकाको पहिलो कार्यपालिका बैठक ‘डिजिटल डिस्प्ले’ मार्फत बसेको छ । प्रविधिमा फड्को मारेको सूर्योदय नगरपालिकाको बैठकलाई जनतामाझ पारदर्शी बनाउन सबैले सुन्ने र देख्नेगरी कार्यपालिका बैठक डिजिटल डिस्प्लेमा सार्वजनिक गरेको हो ।
पोखरा, जेठ २६ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच औपचारिक भेटवार्ता भएको छ। नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधिसँग मुख्यमन्त्री पोखरेलले बिहीबार भेटवार्ता गर्नुभएको हो। गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, सचिव ज्ञानेन्द्र पौडल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल सहभागी हुनुहुन्थ्यो। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)को एसिया प्यासिफिक रिजनल ब्यूरो डाइरेक्टरसमेत रहनुभएकी कान्नीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो। गण्डकी प्रदेश सरकारले युएनडीपीसँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी गराउनुभएको छ। सहायक महासचिव कान्नी विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो। मुख्यमन्त्री पोखरेल, सहायक महासचिव कान्नीसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेको छ। सहायक मन्त्रीसहितको टोलीले बिहीबार पोखराको सराङकोट, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलगायत स्थानको अवलोकन गरेको छ।
युनाइटेड अरव इमिरेट्स (यूएई) आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । मलेसिायमा भएको एसिया छनोटको अन्तिम खेलमा बिहीबार थाइल्यान्डलाई ६ विकेटले हराउँदै यूएईले विश्वकपमा स्थान बनाएको हो ।