बजेट तयारीमा ढिलाइ हुँदा प्रदेशसभामा बजेट पेश गर्ने समय झण्डै दुई घण्टा पर सर्ने भएको छ । बजेट इन्ट्री गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयलको सर्भरमा प्राविधिक समस्या देखिएपछि प्रदेश सभा बैठक १ घण्टा ४५ मिनेट ढिला मात्र सुरु गर्नेगरी प्रदेशसभा सचिवालयले तयारी गरेको छ ।
प्रतिनिधिसभा बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुभएको छ ।
कैलालीको धनगढीस्थित खोलानालामा भएको अतिक्रमण हटाउने काम सुरु गरिएको छ । खोलानालामा अतिक्रमणका कारण डुबान समस्या बढ्दै गएकाले धनगढी उपमहानगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन सुरु गरेको हो ।
विगत केही महिना यता सप्तरीमा महिला हिंसाको घटना बढ्दो छ । गम्भिर प्रकृतिका महिला हिंसाका घटना बढ्दै जाँदा प्रहरीले ठोस अनुसन्धान भने नगरेको पीडित तथा सरोकारवालाको आरोप छ । पछिल्लो समय सप्तरीमा घरनिकालाको घटना बढेको देखिएको छ ।
‘‘राजधानी काठमाडौंको सडकमा एउटा नेपाली चेली काखमा दुधे बालक बोकेर न्यायको माग गर्दै आमरण अनशन बसेकी छिन् । दुधे बालकललाई दूध चुसाउँदै आमरण अनशन बस्नुपर्ने कुरा राज्यको लागि लाजमर्दो कुरा हो’’
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)बारे संसदमा जानकारी दिनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खोजेको भनी प्रश्न गर्नुभएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक जारी रहेको छ ।
रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट दुई अर्ब ६६ करोड ५१ लाख ९३ हजार लिटर डिजेल आयात भएको छ । भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात गर्दा तीन वर्षको अवधिमा सो परिणाममा डिजेल आयात भएको हो ।
‘केस नम्बर ३११’ बिलकुलै भिन्न शैलीको नाटक हो । महिलामाथि हुने हिंसा र त्यही हिंसाले पार्ने मानसिक असन्तुलनलाई नाटकमा भिन्न ढङ्गबाट प्रस्तुत गर्न खोजिएकोे नाटकका सहजकर्ता परिवर्तनले बताउनुभयो । नाटकले मूलतः डी.आई.डी. (डसोसिएटिभ आइडेन्टिटी डिसअर्डर)का बारेमा नाटकमार्फत खोजी गर्ने काम गरेको छ ।
झापाको दमक अस्पतालमा एक्स–रे सेवा बन्द भएको छ । यो दमकसहित आसपासका नगरपालिका र गाउँपालिकाहरूको समेत स्वास्थ्य बिमाको प्रथम बिन्दु अस्पताल हो ।सोमबार अस्पतालले सार्वजनिक सूचना गरेर नै एक्स–रे सेवा अर्को सूचना जारी नभएसम्मका लागि नपाइने उल्लेख गरेको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित पर्यटकीय स्थल नाढीमन ताल पछिल्लो समय सुनसान देखिन थालेको छ । २०७२ साल चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालिन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि तालमा डुङ्गा चढ्नेलगायत ताल अवलोकनका लागि पुग्नेहरू ह्वात्तै बढेका भए पनि पछिल्लो केही समययता सुनसान देखिएको हो ।
मधेस प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष २०७९-०८० को आर्थिक बिनियोजन विद्येयक(बजेट) आज दिउँसो ४ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
इलाम नगरपालिकाले स्वास्थ्य उपचार कोष स्थापना गर्नेभएको छ । दीर्घरोगी तथा कडा रोग भएका बिरामीको उपचार सहयोगार्थ कोष स्थापना गर्नेभएको हो । कोष स्थापना गर्नका लागि इलाम नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधिले मासिक रूपमा रकम जम्मा गर्नेभएका छन् ।
पछिल्लो दुई साताको बीचमा चिनीको मूल्य प्रतिकेजी १० रुपियाँसम्म महँगो भएको छ । भारत सरकारले चिनी निर्यात प्रतिबन्ध लगाएसँगै चिनी उद्योगी एवं व्यापारीले मनोमानी ढङ्गले चिनीको मूल्य वृद्धि गरेका हुन् ।