बारा जिल्लामा चार जना पुरुष, चार बालक र दुई जना बालिका गरी एक वर्षमा १० जनाको पानीमा डुबेर मृत्यु भएको छ । २०७८ साउनदेखि २०७९ जेठ १८ सम्म पानीमा डुबेर उहाँहरुको मृत्यु भएको देखिएको हो ।
सरकारले असारको दोस्रो सातबाट पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
“बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ”, उहाँले भन्नुभयो, “तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ ।”
नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले सरकारलाई एमसीसी पास गरेकोमा धन्यवाद दिनुभएको छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न अमेरिका पुगेको राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) राति अमेरिकामा बस्दै आएका नेपाली पूर्व क्रिकेटहरुको टोली नेपाल अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ ।
आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहेको छ ।
छिमेकी देश रुसी आक्रणको चपेटामा परेको युक्रेन कतार विश्वकप २०२२ छनोट नजिक पुगेको छ । युरोपेली छनोट अन्तर्गत बुधबार राति भएको प्लेअफ सेमिफाइनल खेलमा युक्रेनले स्कटल्यान्डलाई ३–१ गोलले हरायो ।
कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीलाई हराउँदै ‘फाइनालिस्सिमा’ कप जितेको छ । इङ्ल्यान्डको वेम्बली रंगशालामा बुधबार राति भएको खेलमा इटालीलाई ३–० गोलले हराउले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
छिनछिनमा झ्याप्प–झ्याप्प विद्युत् आउने, जाने क्रम बढेपछि विद्युतीय उपकरण बिग्रिने जोखिम बढेको छ । विगत केही दिनदेखि छिनछिनमा विद्युत् आउने,जाने गरेका कारण समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।
सडक सञ्जालसँग सदरमुुकाम नजोडिएको हिमाली जिल्ला हुम्लामा सिमेन्टको मुल्य ६१ प्रतिशत भन्दा बढीले सस्तो भएको छ । जिल्लाको दक्षिणी क्षेत्र सडक सञ्जालसँग जोडिनुु र छोटो दुरीबाट खच्चडमा सिमेन्ट ढुवाँनी गर्न थालिएपछि मुल्य सस्तिएको हो ।
विराटनगरमा कुइनेटो, घुमाउँरो र खाली ठाउँमा फोहोरको डङ्गुर भेटिन्छ । सडकको फोहोर दैनिक उठाइन्छ तर त्यसको सोझै व्यवस्थापन गर्ने डम्पिङ साइट नहुँदा सहरका विभिन्न ठाउँलाई सङ्कलन केन्द्रजस्तो बनाइन्छ ।
‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस बुधबारदेखि सुरु भएको छ । सप्ताहव्यापी रूपमा सञ्चालन हुने यो कार्यक्रम जेठ २४ गतेसम्म खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम गरी मनाउने योजना छ ।
लुम्बिनी प्रदेशका नवनिर्वाचित पालिका प्रतिनिधिहरूले धमाधम लोकप्रिय निर्णय गर्दै आएका छन् । आफ्नो पहिलो निर्णयलाई महत्त्व दिएका प्रमुखले पहिलो निर्णयमा जनतालाई प्रत्यक्ष राहत तथा सुविधा दिने निर्णय गरेका हुन् ।
जुम्लामा द्वन्द्वकालमा जलेर नस्ट भएका सुर्खेत उच्च अदालतको जुम्ला इजलास र जिल्ला अदालत जुम्लाका दुई भवन उद्घाटन गरिएका छन् । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार ती भवनको उद्घाटन गर्नुभएको हो । वि.सं २०५९ कात्तिक २८ गते माओवादी सशस्त्र युद्धका समयमा जुम्ला आक्रमण हुँदा जलेको तत्कालीन पुनरावेदन अदालत (हालको सुर्खेत जुम्ला उच्च अदालत इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित आधुनिक भवनहरू उद्घाटन गरिएका हुन् ।
कपिलवस्तुकी १७ वर्षीया किशाेरीकाे अपहरणपछि बलात्कार गरेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।