१९ जेठ २०७९, बिहिबार
                                            
                                        
                                        
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        
                                            
                                            १९ जेठ २०७९, बिहिबार 
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                कपिलवस्तु, जेठ १९ गते । कपिलवस्तुकी १७ वर्षीया किशाेरीकाे अपहरणपछि बलात्कार गरेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार राति ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा किशाेरीकाे अपहरण गरेर जर्वजस्ती करणी गरेको आरोप लागेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
रुपन्देही कन्चन गाउँपालिकाका युवाले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाएपछि रातिदेखि प्रहरीले खोजतलास जारी गरेको थियो । अपहरणपछि कञ्चन गाउँपालिका-३ मा बालिकाको बलात्कार भएको नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । 
घटनामा संलग्न कञ्चन गाउँपालिका ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापालाई पक्राउ गरेर थप कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
                                        जानु पाण्डे