• १३ असोज २०८१, आइतबार

असारबाट पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्ध खोप दिइने

blog

फाइल तस्बिर

काठमाडौं, जेठ १९ गते । सरकारले असारको दोस्रो सातबाट पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस बिफ्रिङमा प्रवक्ता डा. संगिता कौशल मिश्राले सो जानकारी दिनुभयो ।

कोभ्याकस सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप असारको दोस्रो साता आउने स्वास्थ्य सेवा विभागअन्तर्गतक आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

खोप सल्लाहकार समितिको सिफासिसपछि नेपालमा बालबालिका लागि खोप दिने प्रक्रिया अगाडि बढेको थियो ।

नेपालमा खोप अभियान सुरुभएदेखि अहिलेसम्म चार करोड ३२ लाख २० हजार ५१३ मात्रा खोप लगाएका छन् ।

जसमध्ये एक करोड ९० लाख १८ हजार २२९ जनाले एकमात्रा र एक करोड ९८ लाख  ७२ हजार १९३ जनाले पूर्णमात्रा खोप लगाएका छन् । यसैगरी, ४३ लाख ३० हजार ९१ जनाले अतिरिक्तमात्र खोप लगाएका छन् ।