फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गरी बुधबारदेखि महोत्तरीमा सेना परिचालन गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँको मतदान केन्द्र सार्न प्रस्ताव गरिएको छ ।
पश्चिम नवलपरासी क्षेत्र नं. २ मा आगामी निर्वाचनका लागि दुई पूर्व शिक्षामन्त्री मैदानमा उत्रिएपछि चुनावी माहोल निकै तातेको छ।
बर्दियामा यस वर्ष ३७ करोड बराबरको केरा बिक्री भएको छ ।बर्दिया जिल्लाका छ सय किसानहरूले ७५० हेक्टर क्षेत्रफलमा करिब ३८ हजार मेट्रिक टन केरा उत्पादन गरेका छन् ।
नवलपुरमा गैँडाको आक्रमणबाट दुई दिनमा दुई जना घाइते भएका छन् ।
भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रअन्तर्गत रूपैडीहा चेकपोस्टका सुरक्षाकर्मीको सतर्कताका कारण मानव बेचबिखनको जोखिममा रहेकी एक नाबालिग नेपाली किशोरीको उद्धार गरिएको छ ।
सप्तरी कारागार कार्यालय राजविराजमा चेकजाँचका क्रममा प्रतिबन्धित लागु औषध र मोबाइल फेला परेको छ ।
हिमाली क्षेत्रमा हिमपात भएका बेला अक्सर पोखरा र यहाँबाट देखिने हिमालले सामाजिक सञ्जाल भरिन्थे ।
म्याग्दीको सदरमुकाम बेनीबाट भारतको राजधानी नयाँ दिल्लीसम्म पहिलोपटक सिधा बस सेवा सञ्चालनमा आएको छ ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
विश्वकै अग्लो स्थानमा रहेको भगवान विष्णुको मन्दिर मुक्तिनाथ धामको दर्शन गर्नका लागि भारतको नयाँदिल्लीबाट अब ३० घण्टामै पुगिने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।
धनकुटाको महालक्ष्मी नगरपालिका-२ मा रहेको श्री शारदा माध्यमिक विद्यालयमा १२ लाख बराबरको अक्षयकोष स्थापना भएको छ ।
बागलुङको तारा खोला गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि केही सामुदायिक विद्यालयहरूमा मगर भाषामा पढाइ सुरु गरिने भएको छ ।
बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ।