शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, माघ २१ गते । नवलपुरमा गैँडाको आक्रमणबाट दुई दिनमा दुई जना घाइते भएका छन् । गैँडाले मङ्गलबार र बुधबार लगातार दुई जनालाई आक्रण गरी घाइते बनाएको हो ।
आज बिहान ६ बजे मध्यविन्दु नगरपालिका–३, ब्रह्मस्थानका ३ वर्षीय बालक शिभान्स रेग्मीलाई आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर गुरुङका अनुसार बालकको मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
त्यसअघि हिजो कावासोती नगरपालिका–१७, अमलटारीमा ४० वर्षीय हेमबहादुर कुमाललाई घर अगाडि घाँस काट्ने क्रममा गैँडाले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते कुमालको पनि मध्यविन्दु अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।