• २१ माघ २०८२, बुधबार

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

blog

केशब राज भट्ट

वाशुलिङ बैतडी, माघ २१ गते ।बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ।मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार चन्द दशरथचन्द नगरपालिका–५ स्थित क्रिकेट खेलमैदानमा सञ्चालन भइरहेको तालिम सकेर मङ्गलबार राति करिब ८ः३० बजे घर फर्कने क्रममा खरकटे सल्लेरी भिरबाट लड्नुभएको थियो । 

 करिब दुई सयदेखि २५० मिटर तल खसेको अनुमान गरिएको छ ।घटनापछि स्थानीय तथा प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल बैतडी र्पुयाए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

 हाल मृतकको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।