सभापति थापाको उपस्थितिले खेल विकासलाई राष्ट्रिय प्राथमिकतासँग जोड्न थप ऊर्जा प्रदान गर्ने आयोजकको विश्वास छ।
उपराष्ट्रपति राम सहायप्रसाद यादवले आसन्न निर्वाचन लोकतान्त्रिक अभ्यास अझै सुदृढ गर्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् ।
काँक्रेविहार र चित्लाङ फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहले गत शनिबारदेखि सुरु गरेको समन्वित आक्रमणमा दुई सय पचासभन्दा बढी मानिसको मृत्यु भएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्नसक्ने चिन्ता व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेस मिक्वाखोला गाउँपालिका कमिटीले गाउँपालिकाको कार्यालयमा ताला लगाएको छ।
बेलायतका पूर्वराजकुमार एन्ड्र्युले आफ्नो विलासी विन्डसरस्थित आवास छोडेर पूर्वी इङ्ग्ल्यान्डको शाही एस्टेटमा बसाइँ सर्नु भएको छ । बिबिसीले मङ्गलबार यसबारे जानकारी दिएको हो ।
इरानका राष्ट्रपति मासउद पेजेस्कियनले देशका विदेशमन्त्रीलाई अमेरिकासँग ‘निष्पक्ष र समान वार्ता’ अगाडि बढाउन निर्देशन दिनु भएको छ । त्यसैबिच, अमेरिकी नौसेनाले एक इरानी ड्रोनमाथि आक्रमण गरेको छ, जसले अमेरिकाको विमानवाहक पोत नजिक उडान भरेको थियो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ ।
घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकले उहाँको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ ।
भारत पोखरामा जारी साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा भारतले भुटानलाई ८–० गोलले हरायो ।
ट्रम्प प्रशासनले जेट इन्जिनदेखि स्मार्टफोनसम्म अत्यावश्यक मानिने महत्त्वपूर्ण खनिजहरूको आपूर्ति शृङ्खला चीन बाहिर सुरक्षित गर्न हालसम्मकै सबैभन्दा ठूलो योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।
बाजुराको बडीमालिका नगरपालिका–४, ओलेनावासीले बस्ती जोगाउन उम्मेदवारलाई माग गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।