• २१ माघ २०८२, बुधबार

राष्ट्रिय लिग : काँक्रेविहार र चित्लाङको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै काँक्रेविहार र चित्लाङका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, माघ २१ गते । काँक्रेविहार र चित्लाङ फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।

एन्फा मुख्यालय मैदान सातदोबाटोमा बुधबार भएको खेलमा काँक्रेविहार र चित्लाङले २–२ गोलको बराबरी खेलेका हुन् । काँक्रेविहारका लागि भरत नेपालले २९औँ र सन्दीप देउवाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो ।

यस्तै  चित्लाङका लागि चेतनकुमार थारूले ७६औँ र  रोन थापाले ८६औँ मिनेटमा गोल गर्नुभयो । लिगमा पाँच खेल सकेको काँक्रेविहारले एक अङ्क बनाएको छ । एक खेल बढी खेलेको चित्लाङको ६ अङ्क छ । 

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेविहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।