पोखरा रङ्गशालामा बुधबार भएको लिगको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ। लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो।
गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र सङ्घीय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधी क्रिस्टियन होल्जबिच शिष्टाचार भेट सम्पन्न भएको छ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ । जिल्लामा पहिलो पटक यो सेवा सुरु भएपछि इन्डोस्कोपीको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गराउन डोलीमा बोकेर भक्तजन लगिँदै। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न इच्छुक अशक्त, वृद्धवृद्धा र बिरामी भक्तजनलाई डोलीमा बोकेर ल्याउने गरिन्छ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ ।
ग्रीसमा तट-रक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा एजियन सागरमा ठोक्किदा १५ जनाको मृत्यु भएको अधिकारीले बुधबार जनाएका छन् ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’ ले निश्चित केही निर्वाचन क्षेत्रमा लोकतान्त्रिक शक्तिबिच चुनावी सहकार्य हुनसक्ने बताउनुभएको छ ।
मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीले कम्तीमा ३५ जनाको हत्या गरेको अधिकारीले बुधबार बताएका छन् । मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट मोटरेबल पुल निर्माणको कामले तिव्रता लिएको छ ।
नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले चुनावी घोषणापत्र राष्ट्रिय हित, स्वाधिनता, स्वतन्त्रता एवम् सामाजिक सद्भाव कायम गर्ने मुद्दामा केन्द्रीत हुने बताउनुभएको छ ।
हरेक वर्षको वर्षामा राप्ती नदीले डुबान र कटान गर्दै आएको समस्या यस पटक बाँकेका मुख्य चुनावी मुद्दा बनेको छ।
पूर्व प्रथम महिला जिल बाइडेनका पूर्वपतिमाथि आफ्नी वर्तमान पत्नीको हत्याको अभियोग लगाइएको छ । डिसेम्बरमा डेलावेयरस्थित आफ्नै घरमा पत्नीको हत्या भएको आरोपमा उहाँलाई पक्राउ गरिएको स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।
सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाख भन्दा बढी आर्थिक सहायता दिलाएको छ ।
सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले वृद्धि भएको छ । यो जानकारी साओ पाउलो राज्यको उद्योग महासंघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।