• २१ माघ २०८२, बुधबार

राष्ट्रिय महिला क्रिकेटरले लगाउने जर्सी सार्वजनिक

blog

बुधबार सार्वजनिक गरिएको महिला क्रिकेटरले लगाउने जर्सी ।

काठमाडौँ, माघ २१ गते । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ । महिला टोलीको जर्सीलाई एक्सट्रिम इनर्जी ड्रिङ्क्सले मुख्य प्रायोजन गरेको छ ।

क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्क्सबिच जर्सी प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता दुई वर्षका लागि गरिएको हो । सम्झौता अनुसार नेपाली महिला टोलीले लगायने जर्सीमा एक्सट्रिम इनर्जीको लोगोअङ्कित रहेको छ । 

नयाँ जर्सीको बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । 

यसैबिच एक्सट्रिम इनर्जी ड्रिंक्सले आइसिसी टी–२० विश्वकप खेल हेर्न मुम्बईको वानखेडे स्टेडियम पुग्ने समर्थकलाई दुई हजार थान नेपाली क्रिकेट टोलीको जर्सी निःशुल्क वितरण गर्ने पनि जनाएको छ ।