बाजुराको बडीमालिका नगरपालिका–४, ओलेनावासीले बस्ती जोगाउन उम्मेदवारलाई माग गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी, धनकुटाले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा गाँजा खेतीको विकल्पदेखि उद्योग सञ्चालनसम्मका योजना सार्वजनिक गरेको छ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु गरेको समन्वित आक्रमणमा दुई सय पचासभन्दा बढी मानिसको मृत्यु भएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई भयरहित, शान्तिपूर्ण तथा निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले सप्तरी जिल्लामा नेपाली सेना परिचालन गरिएको छ ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य सुरु गरिएको ।
विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गुल्मीमा आचारसंहिता सम्बन्धी छलफल तीव्र रुपमा अगाडी बढाइएको छ।
पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप का लागि चितवनमा बाहिरि खोप केन्द्र सञ्चालन नगरिने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन गरेर नामावली प्रकाशित गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा मङ्गलबार दिउँसोबाट हिमपात भएकाे छ ।
२६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।
पूर्वी नेपालको प्रवेशद्वार बर्दिबास अहिले केवल यात्रु र व्यापारको चहलपहलले होइन, राष्ट्रिय राजनीतिका तरङ्गले पनि तातेको छ।