• २१ माघ २०८२, बुधबार

निर्वाचन सुरक्षाका लागि सप्तरीमा नेपाली सेना परिचालन

blog

सुरक्षामा निस्किएका नेपाली सेनाको गस्ती । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), माघ २१ गते । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई भयरहित, शान्तिपूर्ण तथा निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले सप्तरी जिल्लामा नेपाली सेना परिचालन गरिएको छ ।

निर्वाचन अवधिभर जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न तथा सम्भावित जोखिम न्यूनीकरण गर्ने लक्ष्यसहित बुधबार देखि नेपाली सेना परिचालित भएको हो ।

नेपाली सेनाको श्री वरख गण सप्तरीको नेतृत्वमा सेना जिल्लाभरिका संवेदनशील तथा महत्त्वपूर्ण स्थानहरूमा सेना परिचालन गरिएको राजविराज स्थित वरख गणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो ।

निर्वाचनका क्रममा कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन, मतदातालाई सुरक्षित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न सहजता प्रदान गर्न तथा आपतकालीन अवस्थामा तत्काल सहयोग पुर्‍याउने जिम्मेवारी नेपाली सेनाले लिएको उहाँले बताउनुभयो ।

नेपाली सेनाको परिचालनले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।