बैतडीका अधिकांश गाउँमा रङ्गको पर्व होली खेलिए पनि बैतडीको गाल्लेक गाउँमा सदियौँदेखि होली खेलिदैंन । ग्वाल्लेक केदार धामको ‘ओलो’ (देवताको इच्छा) का कारण दशरथ चन्द नगरपालिका–९, ग्वाल्लेकमा होली खेल्ने परम्परा छैन ।
‘समान हिस्सेदारी आत्मसात्’ भन्ने नाराका साथ भोलि विश्वव्यापी रूपमा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको आवाज हो। सन् १९०८ मा संयुक्त राज्य अमेरिकास्थित न्युयोर्क सहरका कपडा कारखानामा काम गर्ने महिला मजदुरले पुरुषसरह ज्याला पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएको स्मरणमा महिला दिवसको सुरुवात भएको हो। सन् १९११ देखि अन्य देशका अधिकारवादी महिलाले पनि निरन्तर ८ मार्चका दिन महिला दिवस मनाउँदै आएका छन्। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्रसङ्घले आधिकारिक मान्यता दिएको सन् १९७५ देखि हो।
सिन्धुली जिल्लाको कमला नदीमा मात्रै करिब ४० किलोमिटर बहाव क्षेत्रमा छवटा पक्की पुल निर्माण भई सञ्चालनमा आएका छन् भने एउटा निर्माणाधीन अवस्थामा छ। एक दशकको अवधिमा कमला नदीमा करोडौँ रुपियाँको लागतमा निर्माण भएका पक्की पुलैपुल देख्दा स्थानीय कमलाखुँजवासी दङ्ग परेका दुधौली नगरपालिका–२ निवासी हेम अधिकारी बताउनुहुन्छ। उहाँले भन्नुभयो, “कमला नदीमा पक्की पुल त के! झोलुङ्गे पुलसमेत नहुँदा बर्सेनि यस क्षेत्रका
ऐतिहासक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण बागलुङको पर्यटकीय क्षेत्र हाँडीकोटको विकासमा स्थानीय सक्रिय भएका छन्। तत्कालीन बाइसे/चौबिसे राज्यकालीन ऐतिहासिक संरचनाका भग्नावशेष, मन्दिरहरू र हाँडीकोटबाट देखिने हिमशृङ्खलालगायतका प्राकृतिक सौन्दर्यको प्रचारप्रसारमा स्थानीयवासी जागरुक भएका हुन्।
स्वास्थ्य बीमा कार्यक्रम दाङका दसवटै पालिकामा सञ्चालन भइरहेको छ। आर्थिक अभावका कारण समस्या परेका कुनै पनि नागरिकलाई उपचार गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ तर बीमा गर्नेहरूको सङ्ख्या भने बढ्न सकेको छैन। यहाँका दसवटै पालिकामा ३२ हजार आठ सय नागरिकले बीमा गरेको स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले जानकारी दिनुभएको छ।
कुनै सरकारी कार्यालयमा काम गर्ने कर्मचारी कति वर्षको होला ? तपाईंलाई लाग्न सक्छ बढीमा ५८, ६० वर्ष तर पाल्पाको एक सरकारी कार्यालय मातहत काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि अवकाश पाउन सकेका छैनन्। पाल्पाको अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि कार्यालयको काममा सक्रिय रहेका छन्।
रूपा चिकित्सा सेवा अवार्ड वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललाई प्रदान गरिएको छ । एक लाख रुपियाँसहितको उक्त अवार्ड नेपाल चिकित्सक सङ्घले आयोजना गरेको २९औँ अल नेपाल मेडिकल सम्मेलनमा डा. रिजाललाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपाल चिकित्सक सङ्घले रूपा फाउन्डेसनसँग गरेको सम्झौताअनुसार यो वर्ष डा. रिजाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
पर्वतको जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने निर्माण व्यवसायीको तस्बिर टाँसेर स्थानीयहरूले विरोध गरेका छन् । निर्माण कम्पनीले विगत १८ महिना देखि सडक अलपत्र पारेको भन्दै स्थानीयवासीहरु विरोधमा उत्रिएका हुन । उक्त सडक गण्डकी प्रदेश सरकारले चार वर्ष अघि नमुना सडक कार्यक्रम अन्तर्गत स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो ।
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाएका छन् । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक थियो । होलीका परम्परागत लोकभाका र गीतसङ्गीतसँगै नाच्दै होली पर्व मनाइएको थियो । फागु विजयको हर्षोल्लासका रूपमा एक–आपसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैँभित्र हराउने पर्व तथा तनमन रङ्ग्याउने पर्वका रूपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकआपसमा अबिर दलेर टोलछिमेक परिक्रमा गरी मनाउने गर्दछन् ।
फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भनेर कम्युनिस्टले भन्दै आएको ‘झापा विद्रोह’ भएको ५० वर्ष पुगेको छ। २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहमा पाँच जना शहीद बन्नुभएको थियो। झापा र इलामको सङ्गमस्थल माई नगरपालिकाको दानाबारीस्थित सुखानीमा झापा आन्दोलनका अगुवालाई पञ्चायती शासकले गोली हानी हत्या गरेको दिन ५० वर्ष पुगेको हो। रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको थियो।
सीमा क्षेत्रमा विना इजाजत विदेशी मुद्रा सटही गर्ने एक भारतीय नागरिक सहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जङ्गलमा लगाएको डढेलो बस्तीमा पस्दा पाँचथरको कुम्मायक गाउँपालिकामा २ घर जलेका छन् । कुम्मायक गाउँपालिका १ साठीमुरे जङ्गलमा अज्ञात व्यक्तिले लगाएको डढेलो गाउँमा पस्दा स्थानीय वसन्तकुमार राई र उहाँका छोरा छत्रबहादुर चाम्लिङ राईको घर जलेका हुन ।
चिस्यान केन्द्रको अभाव र बजार नपाउँदा जाजरकोटको नलगाडमा उत्पादन भएको स्याउ बिक्री हुन सकेको छैन । स्थानीय सरकारले चिस्यान केन्द्र र सडक निर्माणमा ढिलासुस्ती गरेका कारण लाखौँ रुपियाँको स्याउ कुहिएर नष्ट हुने गरेको किसानले गुनासो गरेका छन् ।
प्रदेश गौरवका आयोजनाका रूपमा रहेका यहाँका दुई औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ । जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा अलपत्र औद्योगिक क्षेत्र निर्माणको कामले अब गति लिने भएको छ । गण्डकी प्रदेश सरकारले पाँच वर्षअघि कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । समयमै जग्गाको टुङ्गो नलाग्दा दुवै आयोजना अन्योलमा परेका थिए ।
चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न (चामल, मकै, धान, गहुँ, जौ, कोदो) आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ५० अर्ब ५३ करोड २२ लाख २३ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । यो वर्ष धानको उत्पादनमा सामान्य वृद्धिसँगै आयातमा लगाइएका प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी भएको हो ।