• ५ जेठ २०८१, शनिबार

स्वास्थ्य बीमा गर्ने बढेनन्

blog

घोराही समाचारदाता

घोराही, फागुन २३ गते । स्वास्थ्य बीमा कार्यक्रम दाङका दसवटै पालिकामा सञ्चालन भइरहेको छ। आर्थिक अभावका कारण समस्या परेका कुनै पनि नागरिकलाई उपचार गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ तर बीमा गर्नेहरूको सङ्ख्या भने बढ्न सकेको छैन। यहाँका दसवटै पालिकामा ३२ हजार आठ सय नागरिकले बीमा गरेको स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले जानकारी दिनुभएको छ। 

उहाँका अनुसार जिल्लामा बीमा गर्नेमा पुरुषभन्दा महिला धेरै रहेका छन्। जसमा १६ हजार ९३३ महिला र १५ हजार ८६७ पुरुष रहेका छन्। सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका १५ हजार ५९१ जना बीमित रहेका छन्।

उहाँका अनुसार बीमितमध्ये सामान्य परिवार १७ हजार ८३३, ज्येष्ठ नागरिक १० हजार २३६, अति अशक्त एक हजार ३५२, महिला स्वास्थ्य स्वयंसेविका एक हजार १९१, एचआईभी सङ्क्रमित २२८, एमडीआर टीभी १० र लेप्रोसी रोगका चार जना रहेका छन्। आर्थिक अभावका कारण समस्यामा परेका बिरामीलाई स्वास्थ्य सेवामा पहुँच पु-याउने उद्देश्यले सो कार्यक्रम लागू भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको उहाँले बताउनुभयो।