शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त हुनुहुन्छ ।
माता भनिने सोनिया रेश्मीको शारीरिक यातनाबाट रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको मृत्यु भएको छ। सुरुमा घाँटी र कान दुःखेपछि ज्वरो आएर स्थानीय सालझन्डीको एक क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई घरपरिवारले मातासँग झारफुक गराउने भन्दै सैनामैना–१०, बेम्टेनीकी २२ वर्षीया माता सोनियाकहाँ शनिबार साँझ लिएर गएका थिए।
उपत्यका ट्राफिक प्रहरीले फागुपर्व मनाउँदा नियम उल्लङ्घन गरी सवारी चलाउने एक हजार १५१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुरका विभिन्न ६२ वटा स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी चलाइएका सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रदेश सरकारले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन गरेको छ। कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको नाम परिवर्तन गरी ‘भौतिक पूर्वाधार विकास मन्त्रालय’ बनाएको हो। मन्त्रालयको नाम लामो हुँदा अप्ठ्यारो भएको भन्दै मन्त्री दुर्गाप्रसाद चापागाईंले मन्त्रीस्तरीय निर्णय गरेर नाम परिवर्तनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गर्नुभएको थियो। सरकारले सोही सिफारिस बमोजिम मन्त्रालयको नाम परिवर्तन गरेको हो।
मधेश प्रदेशका जिल्लामा रङहरूको पर्व फागुको उमङ्ग छाएको छ। सहरदेखि गाउँटोलसम्म फागुपर्वको उत्सवमा सबै रमाएका छन्। मधेशका जिल्लामा सोमबार, मङ्गलबार र बुधबार रङ खेलिँदै छ। मधेशमा बसोबास गरिरहेका पहाडी समुदायले सोमबार फागुपर्व मनाएका छन्। धनुषाबाहेकका जिल्लामा मङ्गलबार र धनुषामा बुधबार फागु खेलिँदै छ।
लघुवित्त, फाइनान्स र बैङ्क गरी पाँच कम्पनीका कुल एक करोड ५५ लाख ५१ हजार ८५८ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा फस्र्ट माइक्रोफाइनान्स, आँधीखोला लघुवित्त, आईसीएफसी फाइनान्स, साबिक सेन्चुरी कमर्सियल बैङ्क र प्रभु बैङ्कको गरी कुल एक करोड ५५ लाख ५१ हजार ८५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद सुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ । धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।
विदेशी हवाई कम्पनीले भाडामा गरेको एकाधिकार भत्काउन नेपाल वायुसेवा निगमले नेपाल–दक्षिण कोरिया सिधा उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
सरकारले देशभरका नागरिकलाई काठमाडौँबाट समेत राष्ट्रिय परिचयपत्रको आवेदन दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्र आवेदन र वितरण प्रक्रिया छिटोछरितो रूपमा सञ्चालन गर्न सरकारले उपत्यकाभित्र थप पाँचवटा स्थान तोकेको हो ।
आफ्नो जन्मस्थान ताप्लेजुङको दुर्गम फक्ताङ्लुङ गाउँपालिकामा आँखाका बिरामीको उपचार गर्न आउनुभएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको टोलीलाई बिदा गरिएको छ।
विदेशी पर्यटकदेखि स्थानीय बासिन्दा र सर्वसाधारण वसन्तपुरमा पुगेर रङ लगाएर होली मनाएका छन् ।
इलामको रोङ गाउँपालिका –३ स्थित पाथीभरा मन्दिरलाई लक्षितगरी कुट्टिडाँडामा सुविधा सम्पन्न पार्किङस्थल निर्माण गरिने भएको छ ।
प्रेम कथामा आधारित फिल्मको टिजरमा कलाकार किरण नेपाली र सेन्जल पौडेल फिचर्ड हुनुहुन्छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्सरेमार्फत गर्भवती महिलाको गर्भ जाँच सेवा सुरु गरेको छ । गर्भवती महिलाको स्वास्थ्य र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी राख्ने उद्देश्यसहित गर्भ जाँच सेवा सुरु गरिएको हो ।
नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गर्नुभएको छ । भक्तपुरको सल्लाघारीमा सोमबार भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गर्नुभएको हो ।