सिगास गाउँपालिका–१, बेसारास्थित गाउँघर क्लिनिक बन्द भएको छ। महिनामा एक पटक खुल्ने गरेको सो क्लिनिक फागुन २८ गतेदेखि पूर्ण रूपमा बन्द भएको स्थानीय जगदीश भट्टले बताउनुभयो। सिगास गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम बोहराका अनुसार गाउँघर क्लिनिक सञ्चालन गर्न करारमा नियुक्त गरिएका अनमीको म्याद सकिएपछि क्लिनिक बन्द अवस्थामा रहेको हो।
कोभिड महामारीपछि बाँकेमा कडा खालको रुघाखोकी र भाइरलका बिरामी बढ्दै गएका छन्। कोभिडजस्तै लक्षण देखिने सो भाइरल निको हुन एक महिनासम्म लाग्ने गरेको चिकित्सकको भनाइ छ। जाडो सकिएर गर्मी सुरु हुन थालेसँगै बाँकेमा फैलिएको निकै कडा खालको फ्लु, रुघाखोकी, डायरिया र उच्च ज्वरोका बिरामी बढ्दै गएको वरिष्ठ फिजिसियन डा. प्रकाश नागले बताउनुभयो।
बुटवलका सामुदायिक विद्यालयहरूमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको पाइएको छ। विद्यालय व्यवस्थापन समितिको हौसलासँगै शिक्षक र अभिभावकको निरन्तर लगाव र मेहनतले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो। बुटवलको कालिका मानवज्ञान मावि, कान्ति मावि, नहरपुर मावि, सेमलार मावि र नयाँगाउँ माविमा विद्यार्थीको चाप पहिलेदेखि नै थियो भने पछिल्लो समय बुटवलकै ग्रामीण क्षेत्रका विद्यालयमा समेत विद्यार्थीको आकर्षणमा वृद्धि भएको छ।
पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका पोखराका २० वर्षीय अभिनाश अधिकारीले साइनबोर्ड बनाउने मेसिन बनाउनुभएको छ। करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी/टुडी शिलालेख, थ्रीडी/टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनाशले बताउनुभयो।
दुई वर्षअगाडि ट्याक्टर दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका लहान नगरपालिका–१ का ६८ वर्षीय नथुनी दासले हाते कल गाड्ने पेसा छाड्नुभएको छैन। अहिले पनि उहाँले महिनाको २० हजार रुपियाँ कमाइ गरिरहनुभएको छ। अक्षरसमेत नचिनेका दासले पाँच दशकदेखि हाते कल धसाएर (गाडेर) दुई छोरा र तीन छोरीलाई पढाएर लालनपालन गरिरहनुभएको छ। तीन वर्षअगाडि गोलबजारमा ट्याक्टरको ठक्करबाट टुक्रिएको दाहिने खुट्टा काठमाडौँस्थित वीर अस्पतालमा काटिएको थियो।
विराटनगरको कोशी अस्पतालमा आउने सेवाग्राहीलाई पिसाब लागे शौचालयमा पस्न सक्ने अवस्था छैन। शौचालय दुर्गन्धले पस्न सक्ने अवस्था छैन। हात धुन लगाइएका बेसिनमा पान र गुट्खा खाएर थुक्दा पानी जमेर आहाल बन्ने गरेका छन्। सरकारी अस्पतालमा कर्मचारीले जिम्मेवारीको काम पूरा नगर्दा जथाभाबी फोहोर र दुर्गन्धले पुरिएको छ। सफाइका लागि राखिएका कर्मचारीले सही समयमा सही तरिकाले काम नगर्दा सेवाग्राहीले समेत फोहोर गरेर निस्कने गरेका हुन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार आ.व. २०७८/७९ मा वन्यजन्तुको आक्रमणबाट नेपालमा ५८ जनाको मृत्यु भयो, छ हजार ४७ वटा घरपालुवा पशु मारिए र ४ सय ५३ घरगोठमा क्षति पुग्यो । सोही आर्थिक वर्षमा सडक दुर्घटना, चोरी सिकारी तथा तारजालीमा परेर क्रमशः १०८, ४१ तथा २३ वटा वन्यजन्तुको मृत्यु भयो । यसरी मारिनेमा बँदेल, चित्तल तथा बाँदरको सङ्ख्या धेरै भए पनि गैँडा तथा हात्तीजस्ता संरक्षित वन्यजन्तुसमेत मानवीय कारणले मारिएका छन् । हालै विभिन्न सञ्चारमाध्यममा बाँदरका कारण बैतडीमा बसाइँ सर्ने र कालापहाड जाने क्रम बढेको, गाउँबस्ती खण्डहर बन्दै गएको तथा हजारौँ रोप
नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० [एसइई] मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपियाँसहित सम्मान गर्ने भएको छ ।
दार्शनिक अरस्तुले भनेका छन् “शिक्षाको कार्य स्वस्थ्य शरीरमा स्वस्थ्य मनको निर्माण गर्नु हो” यसैलाई टेवा पुग्ने गरी दार्शनिक जोन लकले थपेका छन्, “जसरी बोटबिरुवाको विकास गोडमेलद्वारा हुन्छ, ठीक त्यसैगरी मानिसको विकास शिक्षाद्वारा हुन्छ” सृष्टिको प्रारम्भदेखि शिक्षा समाज एवं मानव जीवनसँग जोडिएको छ । किनभने शिक्षाको सम्बन्ध जीवनसँग छ । जबसम्म विश्वमा जीवको अस्तित्व रहिरहन्छ तबसम्म शिक्षाको प्रक्रिया चलिरहन्छ । यसर्थ किताबका पानामा छापिएर रटाइएको
सावधानी दाँत झरेर नै जाने हो भन्ने भ्रम अधिकांशमा छ । आधारभूत र गुणस्तरीय मुख स्वास्थ्य सेवा नागरिकको सुलभ र सहज पहुँचबाट धेरै टाढा छ । अधिकांश मुखका रोग र समस्याबाट ग्रसित छन् । दाँत दुखेपछि मात्र उपचार गर्छु भन्दा धेरै ढिलो भइसक्ने भएकाले बढी दुखाइ–पीडा सहनुपर्ने, धेरै पैसा खर्च हुने, समय लाग्ने मात्र नभई दाँत नै नजोगिन सक्छ । विश्वमै सबैभन्दा बढी मानव समुदायलाई सताउने नसर्ने दीर्घकालीन प्रकृतिका रोगमा मुखमा पाइने रोग पर्छन् । यी रोगले पैदा गर्ने दुखाइ, असहजता, कुरूपपना र कहिलेकाहीँ हुने मृत्युले मान्छेको गुणस्तरीय जीवनमा प्रभाव पार्दछ । यसले व्यक्ति, समाज र राज्यको जीवनमा अनावश्यक आ
काठमाडौँबाट हिँडेको चौथो दिन, २०७३ कात्तिक १ गते बिहान गाइड फिन्जो शेर्पासहित हामी चार जनाले रोल्वालिङ हिमनदी नजिक रहेको ओमी च्छो (दूधपोखरी)लाई पछ्यायौँ । रोल्वालिङ उपत्यकाको बगर (मोराइन) तुसारोले सेताम्मे देखिन्थ्यो । अघिल्लो रात हामी ना गाउँ (चार हजार १८० मि.)मा बास बसेका थियौँ । हामी बसेको होटलकी आमासँग पनि पोखरीबारे जानकारी लियौँ । हिउँदमा हिउँले पुरिने विशाल बगर, सेता र खैरा ठूला ढुङ्गा तथा गेग्र्यानमा गोरेटो खुट्ट्याउन नसक्दा बाटो बिरियो ।
नेपाली मूलका विदेशी नागरिकले नेपालमा लगानी गर्न नयाँ अभियान सुरु गरेका छन् । ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’ नाम दिएर सुरु गरिएको उक्त अभियानले विदेशी नागरिकको हैसियत बनाइसकेका नेपाली मूलका व्यक्तिबाट पुँजी जम्मा गरेर नेपालमा लगानी गर्ने भएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा उपकुलपतिलगायतका पदाधिकारीको पद रिक्त भएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा डीएन शाहको मङ्गलबार र अन्य पदाधिकारीको कार्यकाल बुधबारबाट रिक्त भएको छ । रेक्टर प्राडा सुवोध अधिकारी, रजिस्ट्रार प्रमिला देवान र डिन डा. पीयूष दाहालको कार्यकाल सकिएसँगै न्याम्सका पदाधिकारी रिक्त भएको हो ।
आगामी वर्ष २०८० सालका लागि सरकारले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ । गृह मन्त्रालयले वर्षभरि हुने ५२ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको भेटवार्तामा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।