काठामाडौँ, चैत ३ गते । नेकपा(एमाले) एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । रासस
पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण गरिने भएको छ । चैत ४ गते ८० वर्ष पूरागरी ८१ वर्ष प्रवेश गरेको दिन उहाँलाई अभिनन्दन गर्न लागिएको हो । अभिनन्दन कार्यक्रम पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले संयुक्त रुपमा गर्न लागेका हुन् ।
पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरु आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए ।
फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ जेठ १२ गते रिलिज हुने भएको छ ।
यसैसाता ग १ ख ६२८ नम्बरको बस नवलपुरका पर्यटक बोकेर चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्यो । सडक समस्याका कारण यसअघि साना सवारीसाधन मात्रै चल्दै आएको ढोरपाटनमा पछिल्लो समय बसका कारण पर्यटकलाई सहज भएको छ । एक साताअघि मात्र पनि बागलुङ बजारबाट केही सञ्चारकर्मीसहित बोकेर बस ढोरपाटन गएको थियो ।
प्रस्तुत छ, उहाँसँग मुलुकको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रले झेल्नु परेका समस्याका सन्दर्भमा केन्द्रित रही राष्ट्रिय समाचार समितिका लागि उप-सम्पादक कमलकुमार बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अश :
नेपाल मजदुर किसान पार्टीले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । शुक्रबार बिहान बसेका पार्टीको केन्द्री सचिवालयको बैठकले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
महोत्तरीको विभिन्न ठाउँबाट नक्कली र प्रतिबन्धित रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईका अनुसार नक्कली रकमसहित जिल्ला महोत्तरी मनरासिस्वा न.पा. वडा ५ बथनाहा बस्ने वर्ष ३७ को ओमि हुसेन तथा जलेश्वर न.पा. वडा ३ बस्ने वर्ष ३४ को विमलेश पाण्डेलाई प्रतिबन्धित रकमसहित पक्राउ गरिएको छ ।
नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।
चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्नुहुने भएको छ ।
नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।
कैलालीको धनगढीसहित विभिन्न स्थानमा आज बिहान वर्षा भएको छ ।
राज्यसत्तामा दलित समुदायको सहभागिता हेर्दा पञ्चायतकालबाट सुरु भएको देखिन्छ । पहिलोपटक दलित समुदायबाट २०३१ सालमा हिरालाल विश्वकर्मा सहाययक शिक्षामन्त्री बन्नुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।