• १३ वैशाख २०८१, बिहिबार

कैलालीमा प्रि-मनसुन वर्षा

blog

विद्यार्थीहरु छाता ओेढेर विद्यालय जाँदै । तस्विर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत ३ गते । कैलालीको धनगढीसहित विभिन्न स्थानमा आज बिहान वर्षा भएको छ । प्रि-मनसुन लागेको बेला यहाँ दोस्रो पटक हल्का वर्षा भएको हो । 

धनगढीमा केहीदिन अगाडि थोरै असिना पानी परेको थियो । प्रिमनसुनी वर्षाले किसानको मसुर बालीलाई भिजाएको छ । किसानले अहिले मसुर काट्ने र भित्र्याउने काम गरिरहेका छन् । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाड तथा तराई भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ र हावाहुरीसहित क्षणिकदेखि मध्यम वर्षाको सम्भावना छ । 

यस्तै, राति पनि देशभर बदली रहने र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।