छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनर क्यामरुनले जितेको छ ।
माइती नेपालको ३१ औं स्थापना दिवसको उपलक्ष्यमा साहसिक महिलाहरुलाई सम्मान गरिएको छ ।
राममणि दाहालहेटौँडा, चैत १६ गते। यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार बिहानबाट सुरु हुँदैछ।बागमती प्रदेशमा एईई तयारीको कामहरु पूरा भएको भन्दै परीक्षार्थीमा समेत मनोवैज्ञानिक त्रास उत्पन्न हुने कार्य नगर्न आग्रह गरिएको छ ।बागमती प्रदेशको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले एसईई परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नु पूर्व एवं परीक्षा सञ्चालन भइरहेको अवधिमा कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्बिर वा भिडियो नलिन आग्रह गरेको छ । साथै समितिले तोकिएको निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्तिहरु एकैपटक वा पटक-पटक परीक्षा हलमा प्रवेश नगर्नसमेत भनेको छ ।बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका सूचना अधिकारी शारदा मैनालीले एसईईलाई व्यवस्थित, मर्यादित र भयरहित बनाई परीक्षार्थीले निर्धक्कसँग परीक्षा दिने वातावरण निर्माण गर्न यस्तो आग्रह गरिएको जानकारी दिनुभयो ।परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नु पूर्व एवं परीक्षा सञ्चालन भइरहेको अवधिमा तस्बिर वा भिडियो लिँदा र निरीक्षक बाहेकका व्यक्ति प्रवेश गर्दा परीक्षाको वातावरण अस्वस्थ हुने तथा परीक्षार्थीमा समेत मनोवैज्ञानिक त्रास उत्पन्न हुनसक्ने भन्दै उहाँले परीक्षार्थीले निर्धक्कसँग परीक्षा दिने वातावरण बनाएर दिनका लागि शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मीलगायतलाई अनुरोध गर्नुभएको छ ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने एसईईका लागि प्रदेशभित्रका सबै जिल्लाका परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्याइसकिएको र परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्नपत्र पुगिसकेको बताउनुभयो। यो वर्ष एक लाख एक हजार ७३३ जना परीक्षार्थी सहभागी हुँदै छन्।परीक्षामा कर्मचारी र प्रहरी गरी १५ हजार ८८६ जना खटिने छन्।यही चैत २९ गतेसम्म हुने एसईईका लागि प्रदेशभर ४३४ परीक्षा केन्द्र कायमभएको छ ।यो वर्षको एसईईमा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार ५७७ जना र सबैभन्दा कम रसुवा जिल्लाबाट ६२६ जना परीक्षार्थी रहेका छन्।काठमाडौँ जिल्लामा १२३ र रसुवा जिल्लामा पाँच वटा परीक्षा केन्द्र रहेको छ।परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।
स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्नुभएको छ।
झापालेले धनकुटाको हिलेमा जारी सोह्रौँ रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । बिहीबार भएको फाइनल खेलमा झापाले भोजपुरलाई ३–१ को सेटमा हरायो ।
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई दिइएको छ ।
सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ ।
सरकारले आफ्ना मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकलाई तत्काल निजी क्लिनिकबाट नाम हटाउन निर्देशन दिएको छ ।
राजा शुद्धोधनको राजदरबार तथा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा भिक्षुहरूलाई भिक्षाटन गरिएको छ ।
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ५५ अङ्कमा समेटिएको छ ।
भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन अभिनीत बहुप्रतिक्षित फिल्म ‘पोन्नियिन सेल्वन २’ को ट्रेलर सार्वजनिक भएको छ । मणिरत्नम निर्देशित फिल्म ‘पीएस१’ प्रदर्शन भएदेखि नै दर्शकहरू यसको दोस्रो भागको प्रतीक्षामा थिए ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।