• १४ वैशाख २०८१, शुक्रबार

माइती नेपालको ३१औं स्थापना दिवस

साहसिक महिला सम्मानित

blog

माइती नेपालको ३१औं स्थापना दिवसको अवसरमा सम्मानितहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत १६ गते । माइती नेपालको ३१औं स्थापना दिवसको सुखद उपलक्ष्यमा साहसिक महिलाहरुलाई सम्मान गरिएको छ ।

नेपालको हवाई इतिहासमा नै प्रथम पटक सम्पूर्ण महिला (चालकदल तथा परिचारिका) सम्मिलित उडान टोलीले काठमाडौं–दुबइ–काठमाडौंको उडान सफलता पूर्वक पूरा गरी अविस्मरणीय कीर्तिमान कायम गर्दै समग्र नेपाली महिलाको आत्म विश्वास, साहस र सक्षमतालाई उजागर गर्न सफल भएको हुँदा माइती नेपालले उक्त उड्डयन सम्पूर्ण महिला टोलीला सम्मान गरेको हो । 


सम्मान कार्यक्रममा प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता, प्रतिनिधि सभा संघीय
सांसद, नेपाली उड्डयनमा लाइसेन्स प्राप्त गर्नु हुने पहिलो महिला नेपाली पाइलट वरिष्ठ कप्तान सोनी राणाको परिवार र नेपालको हवाई इतिहासमा नै प्रथम पटक महिला चालकदल तथा परिचारिकाको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगर, माइती नेपालको संस्थापक अध्यक्ष अनुराधा काेइराला र कार्यकारी निर्देशक विश्वराम खड्काले नेपाल वायुसेवा निगमका सबै महिला उडान चालक दललाई नेपाली महिलाको आत्म विश्वास, शाहस र सक्षमतालाई उजागर गर्न सफल भएको भन्दै सम्मान पत्रबाट सम्मान गर्नुभएको थियो । 


उपसभामुख इन्दिरा राना मगर

माइती नेपाल विगत ३० वर्षदेखि महिला तथा बालबालिकाको हक र अधिकार स्थापनाको लागि क्रियाशील गैरसरकारी संस्था हो । माइती नपालले देशको विभिन्न सिमानामा १७ वटा सीमा निगरानी तथा आवधिक गृह, दुई वटा पुनर्स्थापना गृह, तीनवटा रोकथाम गृह, एक वटा बाल संरक्षण गृह, दुई वटा हस्पिस र एक वटा प्राथमिक उपचार केन्द्रको स्थापना तथा संञ्चालन गरेर मानव बेचबिखन तथा ओसारपसार विरुद्धको आफ्नो अभियानलाई सशक्त बनाउँदै आइरहेको छ । 


माइती नेपालको संस्थापक अध्यक्ष अनुराधा काेइराला 

माइती नेपालले समाजमा उदाहरणीय कार्य गरेर आम सर्वसाधारण महिला र पुरुषहरुको लागि प्रेरणा र उर्जाको स्रोत बन्न सफल हुनुहुने महिलालाई हरेक वर्ष सम्मान समेत गर्दै आएको छ ।