• १० पुस २०८१, बुधबार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, चैत १६ गते । 
सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जना पुरुषको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ भने मृतकको परिचय खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक कैलाश राईले प्रहरी चौकी हरिपूर्वाका प्रहरीले अहिले घटनास्थल सुरक्षित गरी राखिरहेको र मुचुल्का गर्न तथा थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी दिनुभयो ।

उहाँले जिल्लाबाट मुद्दाको टोली नपुगेसम्म स्थानीय प्रहरी चौकीका प्रहरीले मृतकको शरीर खानतलासी नगर्ने भएकाले जिल्लाको टोली पुगेपछि मृतकको साथमा भएका कागजात फेला परे नाम, ठेगाना खुल्न सक्ने बताउनुभएको छ ।