• ५ वैशाख २०८१, बुधबार

फिल्म 'पोन्नियिन सेल्वन २' को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, चैत १६ गते । भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन अभिनीत बहुप्रतिक्षित फिल्म ‘पोन्नियिन सेल्वन २’ को ट्रेलर सार्वजनिक भएको छ । मणिरत्नम निर्देशित फिल्म ‘पीएस१’ प्रदर्शन भएदेखि नै दर्शकहरू यसको दोस्रो भागको प्रतीक्षामा थिए । 

जहाँ पहिलो फिल्मको कथा सकिएको थियो, अब त्यहीबाट अर्को फिल्मको कथा अगाडी बढाइनेछ । ट्रेलरमा राजकुमारी नन्दिनी अर्थात् ऐश्वर्या फिल्मको सिक्वेलमा चोल साम्राज्यको अन्त्य गर्ने प्रयासमा देखिएकी छन् ।

फिल्ममा ऐश्वर्या राई बच्चन नन्दिनी र मन्दाकिनीको भूमिकामा हुनुहुन्छ । फिल्ममा उहाँको दोहोरो भूमिका छ । 

फिल्ममा ऐश्वर्यासँगै चियान विक्रम, जयम रवि र त्रिशा कृष्णन, प्रभु, शोभिता धुलिपाला, ऐश्वर्या लक्ष्मी र प्रकाश राजलगायतका पहिलो भागका सबै कलाकारहरू देख्न सकिन्छ ।

यस्तै, भारु दुई सय ५० करोड बजेटमा बनेको यो फिल्म २८ अप्रिल २०२३ मा प्रदर्शन हुने तयारीमा छ ।