शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत १६ गते । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई दिइएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी वरिष्ठ उपरीक्षक खड्कालाई दिइएको जानकारी दिनुभयो ।
सहायक प्रवक्ता थापाले यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात् वरिष्ठ उपरीक्षक खड्कालाई उक्त जिम्मेवारी दिइएको बताउनुभयो ।