सार्वजनिक भवन, सडक, सूचना र सञ्चारलगायत सार्वजनिक सेवा लिने स्थान अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिले सेवा लिन, पढ्न एवं न्यायमा पहुँच नपाएको देखिएको छ। राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय अपाङ्ग महासङ्घले संयुक्त रूपमा गरेको एक अध्ययनले सो देखाएको हो। आयोगद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सो अध्ययनका निष्कर्ष एवं आयोगले गरेका सिफारिसका बुँदाहरू समेटिएको ‘अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचानसम्बन्धी अध्ययन’ पुस्तक लोकार्पण गरिएको हो।
नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बसेको बैठकमा चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामार्फत दुईतर्फी व्यापार र जनसम्पर्कका लागि आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।
नेपाल वायुसेवा निगमले काठमाडौँ–मलेसिया नियमित उडान पुनः सुरु गरेको छ। फरेन एयर अपरेटर सर्टिफिकेट (एफओसी) नवीकरणमा हुन सक्ने ढिलाइलाई ध्यानमा राखेर नेपाल नागरिक उड्डयन प्राधिकरणसँग चार्टर उडानको अनुमति मागेको निगमले पुनः नियमित उडान सुरु गरेको हो। यसअघि नियमित उडानकै समयमा र भाडामा मङ्गलबार उडान गरेको निगमले बुधबारदेखि पुनः पहिलेकै अवस्थामा नियमित उडान गर्ने अनुमति पाएको निगमले जनाएको छ।
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु हुँदै छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन् । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले लापरबाहीपूर्वक सवारी साधन चलाएको आरोपमा एक प्रहरी जवानलाई निलम्बन गरेको छ । भीमफेदी कारागारका थुनुवा बोकेको गाडीका चालक प्रहरी जवान बिबेक नेपालीलाई निलम्बन गरिएको हो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच आज बिहीबार भेटवार्ता भएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङग् पोखरेल निवास धापासी पुग्नुभएको थियो ।
जडीबुटी चोकमा सडक विस्तार गरिए पनि चोकदेखि पूर्व मनोहरा खोलाको पुलसम्म मूल सडकका दायाँ र बायाँ बनाइएको सर्भिस लेन निर्माण हुनसकेको छैन। सर्भिस लेन निर्माण नभएसम्म सो क्षेत्रमा सवारी जामको समस्या समाधान हुन नसकेको हो।
जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङले आफ्नो पार्टीको तर्फबाट कोशी प्रदेशको मन्त्री बन्नुभएकी निर्मला तावा लिम्बूलाई राजीनामा दिन आग्रह गरेको छ।
घरेलु टोली सुदूरपश्चिम-११ लाई पराजित गर्दै थ्रीस्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको छ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनुभएको छ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित आफ्नो कलेजमा अध्ययनरत पाँच क्रिकेटरलाई फिनिक्स अलेज अफ म्यानेजमेन्टले बिहीबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
याङवरक गाउँपालिका ‘चौथो कुम्मायक गोल्ड कप’ फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । पृथ्वी मा.वि.यासोकको खेलमैदानमा बिहीबार भएको फाइनल खेलमा याङवरकले फाल्गुनन्द गाउँपालिकालाई ३–१ गोलले हरायो ।
कोशी प्रदेश नामकरणको विरोधमा धरान उपमहानगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाममा ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ।