• २० असार २०८१, बिहिबार

पूर्वाग्रहले न्याय हुँदैनः कामु प्रधानन्यायाधीश कार्की

blog

न्यायिक सम्मेलनलाई सम्बाेधन गर्नुहुँदै कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की ।

काठमाडौं, चैत १६ गते। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनुभएको छ। बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उहाँले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको हो।

उहाँले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसाबबाट गरिए न्याय पूर्वाग्रही हुने बताउनु भयो। उहाँले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताउनुभयो। कामु प्रधानन्यायधीश कार्कीले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने बताउनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसाबबाट सोच्न जरुरी रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘स्थानीय जनप्रतिनिधिको भूमिका न्यायिक समितिको एउटा न्यायाधीश मात्रै नभएर तपाईंहरुको भूमिका जनप्रतिनिधिको हुनुपर्छ। त्यसैले जनप्रतिनिधिको भूमिकाबाट पनि न्याय नै फैसला नै गर्नुपर्‍यो भने फेरि जनप्रतिनिधि हुँ भन्ने बिर्सिनुपर्छ। म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा बिर्सिनुपर्छ। यदी म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा दिमागमा राखेर मनमा राखेर फैसला गर्नुभयो भने त्यहाँ पूर्वाग्रह हुन्छ। जहाँ पूर्वाग्रह हुन्छ त्यहाँ न्याय हुँदैन। न्याय पर्नको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्छ।’’ 

कामु प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिने बताउनुभयो। न्यायिक समितिले फैसला गर्नेकुरामा भन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने बताउनुभयो।