• ८ वैशाख २०८१, शनिबार

सर्भिस लेन निर्माण नहुँदा ट्राफिक समस्या ज्यूँकात्यू (फोटोफिचर)

blog

काठमाडौँ, चैत १६ गते । जडीबुटी चोकमा सडक विस्तार गरिए पनि चोकदेखि पूर्व मनोहरा खोलाको पुलसम्म मूल सडकका दायाँ र बायाँ बनाइएको सर्भिस लेन निर्माण हुनसकेको छैन। सर्भिस लेन निर्माण नभएसम्म सो क्षेत्रमा सवारी जामको समस्या समाधान हुन नसकेको हो। 

जापानी सहयोग नियोग (जाइका) को सहयोगमा २०६१ सालमा माइतीघर–सूर्यविनायक सडक छ लेनमा विस्तार भएको थियो। माइतीघर–सूर्यविनायक सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। समग्रमा भने बाटो नखुल्नुले ट्राफिक समस्या मात्र बढाएको छैन, पूर्वाधार विकासमा सरकारका सम्बन्धित निकायको प्राथमिकताको पनि पोल खोलेको छ।

तस्बिर : विकास द्वारे