यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्धन पर्वत, बलि, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवतले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतकाे प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ ।
यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ।
देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ। तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका चार वर्षपछि आजदेखि खुलेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ।
जाजरकोटमा भूकम्प गएको १० दिन बिते पनि त्यसको पीडा स्थानीयका लागि उस्तै छ। एक चरणमा सरकारले राहत सामग्री पुर्याए पनि पीडितका दुःख उस्तै छन्।
युरोप भ्रमणमा रहनुभएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने भावनाले नै संविधानले संसारभर छरिएर रहेका गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको बताउनुभएको छ।
तनहुँको व्यास नगरपालिका–१० शिसुवा, भतेरीमा सञ्चालन गरिएको गाई संरक्षण केन्द्र धार्मिक पर्यटनका रुपमा विकास हुँदैगएको छ । पछिल्लो समय गौमाताको सेवामा धेरैको आकर्षण बढ्न थालेपछि धर्मिक पर्यटक बढ्न थालेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थालाई निर्देशन दिएको छ ।
सस्कृतिको जर्गेना गरौँ, पर्यटन प्रवर्धनमा टेवा पुर्याउ भन्ने नारासाथ पोखराको ड्यामसाइड क्लबले आयोजना गरेको दीपावली सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै राहत सामग्री वितरण कार्य स्थगित गरेको हो। कार्तिक १७ गते राति गएको भूकम्पबाट जिल्लामा ठुलो धनजनको क्षति भएपछि प्रभावित क्षेत्रका परिवारलाई राहत वितरण हुँदै आएको थियो।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रप्रकाश मावि विजेता भएको छ। दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका मावि स्तरीय प्रतियोगितामा चन्द्रप्रकाश माविले सबै भन्दा बढी स्वर्ण पदक जितेर विजेता भएको हो।
गुल्मीको मदाने गाउँपालिकाको कंकेदेउरालीमा भएकोमा भलिबलको उपाधी पुरुषतर्फ अग्लुङ्गको द सनराईज युथ क्लब र महिलातर्फ धुर्कोट गाउँपालिकाको समुहले प्राप्त गरेको छ ।