• १५ मंसिर २०८१, शनिबार

बक्सिङ खेलाडी भट्टराई वर्ष सम्मानबाट सम्मानित

blog

रमेश पौडेल

पोखरा, कात्तिक २७ गते । सस्कृतिको जर्गेना गरौँ, पर्यटन प्रवर्धनमा टेवा पुर्याउ भन्ने नारासाथ पोखराको ड्यामसाइड क्लबले आयोजना गरेको दीपावली सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र भावी पुस्तालाई संस्कृतिको हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । डेमसाइड फेवातालको पूर्वी अन्तिम किनार मात्र नभई माछापुच्छ्रे धौलागिरी, अन्नपूर्णलगायतको हिमशृङ्खलाहरु अवलोकन गर्न पाइने भएकाले पनि कतिपय पर्यटकको रोजाइमा पर्छ । 

पछिल्लो समय पोखराको पर्यटकीय बजार बाराहीघाटदेखि हल्लनचोक हुँदै खहरेतर्फ अगाडि बढेपछि डेमसाइड क्रमशः छाँयामा पर्दै गएको छ । अहिले डेमसाइडबासीहरुले यस क्षेत्रको प्रवर्धनका लागि कार्यक्रम गर्दैआएको डेमसाइड क्लबका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद बरालले बताउनुभयो ।

हास्य कलाकार शैलेन्द्र सिंखडा, सौगात गुरुङसहित नौलो बिहानी तथा स्थानीय कलाकारुको सांगीतिक प्रस्तुती रहेको कार्यक्रममा डेमसाइड निवासी पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराई वर्ष सम्मानको रुपमा सम्मानित हुनुभएको छ । 

भट्टराईलाई पोखरा १७ कि वडा अध्यक्ष राधिका शाही, क्बलका अध्यक्ष प्रताप गुरुङलगायतले सम्मान गर्नुभयो । भट्टराई सन् १९८९ मा पाकिस्तानमा भएको चौँथो दक्षिण एसियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुनुहुन्छ । उहाँ सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन बन्नुभएको थियो । 

खेलकुद, पर्यटन र सामाजिक कार्यको माध्यमबाट देश र समाजलाई महत्पूर्ण योगदान दिएकाले भट्टराईलाई वर्ष सम्मानको रुपमा सम्मानित गरिएको क्लका अध्यक्ष प्रताप गुरुङले बताउनुभयो । सम्मानित हुनुभएका भट्टराईले नगद १५ हजार भूकम्पपीडितको सहयोगका लागि क्बललाई नै हस्तान्तरण गर्नुभयो ।