• १८ वैशाख २०८१, मङ्गलबार

एक पटकको नेपाली सधैँको नेपाली : शिक्षामन्त्री राई

blog

कार्यक्रमलाई सम्बोधन गनुृहु्ँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई ।

केजिन राई 

बेल्जियम, कात्तिक २७ गते। युरोप भ्रमणमा रहनुभएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने भावनाले नै संविधानले संसारभर छरिएर रहेका गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको बताउनुभएको छ।

आइतबार बेल्जियममा संघीय समाज बेल्जियमद्वारा आयोजित कार्यक्रममा मन्त्री राईले गैरआवासीय नेपालीले दोहोरो राजनीतिक अधिकारसहितको नागरिकता खोज्न नहुने आशय व्यक्त गर्नुभएको छ।

हाल नेपालीले विभिन्न देशमा चुनाव नै लडिरहेको भन्दै त्यही व्यक्तिले फेरि नेपालमा चुनाव लड्न पाउने राजनीतिक अधिकारसहितको नागरिकता खोज्नु नहुने बाउनुभएको हो र

विदेशी नागरिकता त्यागेर लगातार पाँच वर्ष नेपाल बसेको खण्डमा नेपालमा राजनीतिक अधिकारसहितको नागरिकता पाउने व्यवस्था हुने उहाँले बताउनुभयो।



अमेरिकाको नागरिकता त्यागेर नेपालमा राजनीति गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने गृहमन्त्री बनेको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘‘तपाईं लगातार पाँच वर्ष नेपालमा बस्नुहोस्, विदेशको नागरिकता त्याग्नुहोस्। तपाईं मजाले राजनीतिमा भाग लिन सक्नुहुन्छ।’’

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष राईले आफ्नो पार्टीका नेता गम्बु शेर्पा अमेरिकाको नागरिकता त्यागेर चुनाव लडेर ओखलढुंगास्थित खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकोसमेत बताउनुभयो।

मन्त्री राईले शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्यालाई सुधार गर्ने गरी शिक्षा ऐन प्रस्ताव गरिएको बताउनुभयो। संसदमा छलफलको क्रममा रहेको उक्त ऐन पारित भएर कार्यान्वयन भएपछि शिक्षा क्षेत्रका धेरै समस्या हुने उहाँको विश्वास छ। 

देशको अर्थतन्त्र सुदृढ हुन नसक्नुले नै नेपाली रोजगारी र अवसर खोज्दै विश्वका विभिन्न देशमा पुगेको उहाँको भनाइ छ।