तनहुँको एक पालिकाको कृषकले उत्पादन गरेको फूल कतार निर्यात भएको छ । आँबुखैरेनी गाउँपालिकाका कृषकले उत्पादन गरेको सयपत्री फूल कतार निर्यात भएको हो ।
मोरङको उर्लाबारी –६ सीमाना बस्तीका २३ वर्षीय किशोर धीरेन्द्र ढुङ्गेल कानेपोखरी –७ को जङ्गलमा मृत भेटिएका छन् ।
मोरङको उर्लाबारी –२ कटहरेमा सोमबार राति फेरि आगलागि भएको छ । राति साढे ११ बजे स्थानीय तुलबहादुर महतको घरमा आगलागी भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लनमिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताउनुभएको छ । मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरले चर्काे आवाजमा मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गर्ने एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ ।
कनकासुन्दरी गाउँपालिका ८, भट्टभण्डारी गाउँ सिंजा जुम्लाका देवऋषि भट्ट अहिले नेपालगन्जका विभिन्न सडक र टोल टोलमा भेटिनुहुन्छ ।
शङ्खधर साख्वाले गरिबहरुको ऋण मोचन गरेको दिनको अवसरमा उहाँले चलाएको नेपाल सम्वत् र म्हःपूजाको अवसरमा तौलिहवा पहिलो पटक र्याली निकालिएको छ ।
मौलिक नेपाली संस्कृतिका रुपमा रहेको यो देउसी–भैलोको परम्परा पछिल्लो समयमा प्रत्यक्ष खेलेरै संस्कृति संरक्षण गर्ने कार्यमा कमी आएको देखिन्छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताउनुभएको छ ।
धनुषामा रेलले किचेर एक वृद्धको मृत्यु भएको छ । धनुषा जिल्लाको विदेह नगरपालिकामा ९० वर्षीय विन्देश्वर दासको रेलले किचेर मृत्यु भएको हो ।
पाल्पामा सामूहिक रुपमा गोवर्धन पूजा गरिएको छ । रामपुर नगरपालिका–६, तातोपानीस्थित नगर गौशालामा निर्माण गरिएको गोवर्धन पर्वतमा तिहारको चौथो दिन आज सामूहिक पूजा गरिएको हो ।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन मकवानपुरको भीमफेदी गाउँपालिकाले आवेदन माग गरेको छ ।
उत्तरी भारतमा एक सयभन्दा बढी उद्धारकर्मीहरूले मङ्गलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरुङ भत्किएपछि सुरुङभित्र फसेका मजदुरहरूलाई बचाउन सङ्घर्ष गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय सम्वतको रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।