संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा [ब्ल्याङकेट] वितरण गर्नुभएको छ । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई-दुई ब्ल्याङकेट वितरण गर्नुभएको हो ।
तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो ।
दोलखाको बिगु गाउँपालिका–१ जामुनेबाट बरामद भएको ११ किलो अवैध सुन अन्तर्राष्ट्रिय भुक्तानी क्रिप्टोमार्फत कारोबार भएको खुलेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु हुने भएको छ ।
मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको [नेचुङ–लिजी] बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूमा शुभकामना दिनु भएको छ ।
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ ।
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्धन पर्वत, बलि, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवतले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतकाे प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ ।
यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ।
देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ। तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका चार वर्षपछि आजदेखि खुलेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ।