गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ ।
जिल्लाको बिरुवा गाउँपालिकामा सामुदायिक विद्यालयहरूमा बाल विकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ ।
कर्णाली प्रदेशभरि ११ वटा ठूला महत्त्वका आयोजनाहरू सञ्चालनमा छन् । सङ्घ तथा प्रदेश सरकारबाट बजेट व्यवस्थापन भएका आयोजनामध्ये चार वटा आयोजना निर्माणले मात्रै तीव्रता लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले दुवै देशका यात्रुलाई सुविधा दिने उद्देश्यले बेइजिङको हवाई भाडा ३० प्रतिशतले घटाएको छ ।
टोल विकास संस्थामार्फत विकास निर्माणको काम अघि बढाउन भगवतीमाई गाउँपालिकाले टोलविकास संस्थाका पदाधिकारीको क्षमता विकास तालिम सञ्चालन गरेको छ ।
मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ । यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका रूपमा बढी चिनिन्छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका –१ गुर्जा र २ लुलाङको सीमाक्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क लालीगुराँस फुलेको छ ।
स्थानीयस्तरमा निर्माण हुने चलचित्र अनलाइनबाट नै दर्ताको व्यवस्था गर्न थालिएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताउनुभएको छ ।
निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिनुहुन्छ ६४ वर्षीय हिरामान सुनार । अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिनुहुने हिरामान फलामबाट बन्ने सामान बनाउनुहुन्छ ।
अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।
पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।