• ५ जेठ २०८१, शनिबार

पोखराको एक होटलमा महिला मृत फेला, पाँच पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर ६ गते । पोखराको नागढुङ्गामा रहेको एक होटलमा मङ्गलबार साँझ अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । नागढुङ्गाको होटल युनिकमा तनहुँकी ३८ वर्षीया सुुकु विक अचेत अवस्थामा भेटिनुभएको थियो ।

विकलाई तत्काल उद्धार गरी नजिकैको चरक मेमोरियल अस्पताल लगिएकोमा चिकित्सकले साँझ ७ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । उहाँले मृतकको शव हेर्दा घटना शङ्कास्पद देखिएको उल्लेख गर्नुभयो ।

“हामीले होटल सञ्चालकसहित पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,” विकले भन्नुभयो । युनिक होटलले सुरक्षा विधि नअनाई हेलचेक्र्याइँ गरेको पाइएको छ ।

होटलमा सिसिटिभी भएको र आगन्तुकको परिचयपत्र नराखेको प्रहरीले जनाएको छ । सुकु एक पुरुषसहित होटलमा आएको होटल सञ्चालकले जनाएको प्रहरी प्रमुख थापाको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।