जिल्लाको खत्याड गाउँपालिकामा पहिलो पटक कर्णाली कोरिडोरमा जोडिएको छ । खत्याड गाउँपालिकाको पहलमा बेली ब्रिज निर्माण भएपछि पहिलो पटक कर्णाली कोरिडोर र सुदूरपश्चिममा जोडिएको हो ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कथनको आरम्भदेखि घटनाहरूको तारतम्य समीपस्थ हुँदै एउटा उद्देश्यगत परिणाममा पुगेको आख्यान नै कथा विधा हो । साहित्यका अनेकौँ विधामध्ये कथा आकर्षक विधा पनि हो
स्थानीयलाई स्वरोजगार बनाउन गन्यापधुरा गाउँपालिकाले सवा दुई करोड रुपियाँ खर्च गरिरहेको छ। कृषि, पशुपालन र उद्योग व्यवसायका क्षेत्रमा गाउँपालिकाले सो रकम खर्च गरिरहेको हो। गाउँपालिकाले अनुदान सहयोग गर्न थालेपछि बन्द भएका साना उद्योगसमेत सञ्चालनमा आउन थालेका छन्। गन्यापधुरा गाउँपालिका–१, रुवाखोलामा सञ्चालन नहुँदै बन्द भएको खुवा प्रशोधन केन्द्र सञ्चालनमा आएको छ। चालु आर्थिक वर्ष खुवा प्रशोधन केन्द्रलाई साढे सात लाख रुपियाँ बराबर डेरी उपकरणमा सहयोग गरेपछि केन्द्र सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताउनुभयो।
हुम्ला जिल्ला अदालतमा वैतनिक वकिलका रूपमा कार्यरत हुनुहुन्छ, राजन चन्द। नेपाल कानुन व्यवसायी परिषद्बाट २०७५ सालमा अधिवक्ताको लाइसेन्स लिएपछि चन्द वकालत पेसामा संलग्न हुनुभयो। वकिलको कालो कोट लगाउने सपना पूरा गरेपछि चन्दलाई थाहा भयो, कालो कोट लगाएर हिँड्न महिलालाई कति चुनौतीपूर्ण छ भन्ने वास्तविकता। उहाँले महिला भएकै कारण विभिन्न विभेद र प्रश्नको सामना गर्नु परिरहेको छ।
हुम्लाका तीन प्रहरी चौकी पहिरोको उच्च जोखिममा छन्। वर्षाको मौसम सुरु हुन थालेपछि डरैडरमा बस्नुपर्ने बाध्यता ती चौकीमा कार्यरत प्रहरीको छ। नाम्खा गाउँपालिका–५ को यारी प्रहरी चौकी, अदानचुली गाउँपालिका–३ को गल्फागाड प्रहरी चौकी र ताँजाकोट गाउँपालिका–२ को मैलाकवाडी प्रहरी चौकी पहिरोको जोखिममा रहेका छन्। यारी प्रहरी चौकी भाडाको घरमा छ। माटोले छापेको घर भएकाले पानी चुहिने समस्या छ। छानाबाट पानी चुहिएपछि प्लास्टिक छापिएको छ।
दैलेख जिल्ला अदालतले १४ वर्षीया बालिका बलात्कार कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई १३ वर्षको कैद फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसुरमा १३ वर्ष कैदका अलावा पीडितलाई ५० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा दुई हजार दुई सय रुपियाँ तिर्नुपर्ने फैसला भएको छ। अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेका अनुसार २०७७ चैत १९ गते लक्ष्मी प्राथमिक विद्यालय देउरालीको भान्छाकोठामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो।
कैलालीको भजनी क्षेत्रमा ‘रेडियो कलर’ जडित पाटेबाघ देखा पर्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ। भजनी नगरपालिका–५ को गुलरियाघाट तिकुनिया नाका क्षेत्रमा पाटेबाघ देखा परेपछि मानवीय क्षति नहोस् भनेर सुरक्षा सतर्कता बढाइएको हो। सबडिभिजन वन कार्यालय भजनी, सुरक्षा निकाय, स्थानीय सरकारसहित सञ्चारमाध्यममार्फत सर्वसाधारणलाई सतर्क पारिएको छ। यसैगरी डिभिजन वन कार्यालयले बाघको निगरानी गर्ने कार्य गरिरहेको छ।
वर्तमान मानव समाजमा सूचना तथा सञ्चार क्षेत्रको दायरा निकै फराकिलो भएको छ । मानव स्वयं नै सञ्चारवान प्राणी हो । ज्ञान, गुण र विज्ञानको विस्तार तथा थप विकास गर्ने प्रक्रिया सञ्चार हो भन्ने कुरा स्वतः सिद्ध नै छ । औपचारिक वा अनौपचारिक क्षेत्रमा सम्बन्ध सूचारू राख्ने तथा विस्तार गर्ने औजार सञ्चार भएको छ । त्यसैले त आजकाल सञ्चार विषयक अध्ययन वा प्रशिक्षणलाई सबैजसो क्षेत्रमा समेटिएको हुन्छ ।
नेपाल–बेलायत सम्बन्धको थालनी कर्नेल विलियम कर्कप्याट्र«ीकको नेपाल आगमनपछि भएको थियो । त्यसभन्दा अघि कप्तान किनलकले युद्धको निम्ति दलबलका साथ सिन्धुलीगढी प्रवेश गरेका थिए । त्यो नेपालसँग बिग्रेको सम्बन्धको अवस्था थियो । १८७१–७२ साल (१८१४–१६) को नेपाल अङ्ग्रेज युद्ध पछि भएको सुगौली सन्धिपछि वर्तमान नेपालको झन्डै आधा भाग गुम्न पुग्यो ।
बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले सार्वजनिक गरेको एक रिपोर्टअनुसार विश्वका महिलाले दैनिक औसतमा साढे चार घण्टाको समय घरभित्रै घरधन्दा गरेर बिताउने गरेका छन् । जब कि पुरुष घरधन्दामा त्यसको आधा मात्रै समय बिताउँछन् । त्यस्तै अफ्रिका र एसियाका महिलाले त एक दिनमा औसतमा तीनदेखि पाँच घण्टा भान्सामा चुलोकै अगाडि बिताउनुपर्छ, आफ्ना बच्चालाई सँगै राखेर ।
नेपालको संविधानअनुसार माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई छ । शिक्षा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा समेत पर्दछ । तथापि कुनै पनि तहका सरकारले शिक्षालाई प्राथमिकतामा राखेको पाइएको छैन । प्रत्येक वर्ष जारी नीति तथा कार्यक्रम र बजेट शिक्षाप्रति उदासीनताको चित्र हो । सरकारले शिक्षाको पूर्णतः जिम्मेवारी लिनुपर्छ भन्ने मान्यता विश्वव्यापी छ । नेपालका सामुदायिक विद्यालय ब्युँताउन सचेतता र सक्रियतापूर्वक नागरिक अ
व्यास नगरपालिका–६, सिसाघाटका जीवन दुरा राष्ट्रिय परिचयपत्रको काम १० मिनेटमै पूरा हुँदा खुसी हुनुभयो। शुक्रबार सार्वजनिक बिदाको दिन, त्यसमाथि पनि छिटो सेवा पाएकाले दुरा खुसी हुनुभएको हो। दुराले भन्नुभयो, “झन्झन्ट पनि भएन, सेवा पनि छिटो पाइयो। सार्वजनिक बिदाको दिन सेवा प्रदान गरेकोमा सरकारलाई धेरै–धेरै धन्यवाद।” व्यास नगरपालिका–८, पुलिम-याङ घर भई पोखरा बसेर अध्ययन गरिरहेकी सुस्मी गुरुङले सार्वजनिक बिदाको दिन कार्यालय खुल्दा आफ्नो पढाइमा असर नपरेको बताउनुभयो।
दार्चुलाको व्यास गाउँपालिकाका –१ भोलेनको हिउँ पहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव शुक्रबार साँझ छ बजे सदरमुकाम ल्याइएको छ । दुई जना भने अझै बेपत्ता अवस्थामा छन् ।