नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका कृषकहरूले उत्पादन गरेको धान बुधबारबाट खरिद गर्न सुरु गरेको छ ।
थाइल्यान्डले ग्रामीण इलाकाहरूमा उपद्रव गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्याउने एक सय ५० भन्दा बढी इगुआना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् ।
गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षति भएका घरमा अहिले उद्धार र अस्थायी आवास निर्माणको काम तिब्र रुपमा भइरहेको छ ।
इजरायल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको बताउनुभएको छ ।
दाउरा लिएर आउने क्रममा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ बर्षीया कमला विक कामीको ढुङ्गा लागेर ज्यान गएको हो ।
अर्मेनियालाई १–० ले हराउँदै क्रोएसियाले युरो कप २०२४ मा स्थान बनाएको छ । क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम समेत बनेको छ ।
पोखराको नागढुङ्गामा रहेको एक होटलमा मङ्गलबार साँझ अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । नागढुङ्गाको होटल युनिकमा तनहुँकी ३८ वर्षीया सुुकु विक अचेत अवस्थामा भेटिनुभएको थियो ।
पर्वतको मोदी गाउँपालिकास्थित पातीचौरमा निर्माणाधीन चिस्यान केन्द्र ६ वर्षदेखि अलपत्र छाडिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सर्नुभएको छ ।
समर्थकबीच हानाहान र मैदानमा खेलाडीको तनावबीच सम्पन्न भएको खेलमा घरेलु टोली ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटको मङुगलबार राति भएको खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सिमित ब्राजिललाई १–० गोलले स्तब्ध बनायो ।
कृृषि तथा वनविज्ञान विश्वविद्यालयले बिहीबारदेखि तीन दिवसीय ग्राजुएट (पहिलो स्नातक कार्यशाला) सम्मेलन गर्ने भएको छ ।
विद्यालय स्तरको पाठ्यपुस्तकमा यौनिकता सम्बन्धी शिक्षालाई समावेश गरिनुपर्ने कैलाली-कञ्चनपुरका सरोकारवाला निकायले माग गरेका छन् ।
मङ्सिर ९ गते हुने नवौँ धारा नेपालगन्ज म्याराथनमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिएको छ । म्याराथनको विजेताले दुई लाख रुपियाँ पाउनेछन्
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।