बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गर्नुभएको छ ।
बाजुरामा दसैँ र तिहार सकिएसँगै अधिकांश गाउँ बस्ती खाली हुन थालेका छन्। पर्व मनाउन गाउँ बस्तीमा आएका विद्यार्थी तथा परदेशी युवा कात्तिक र मङ्सिरमा गहुँ खेती लगाएर पढ्न तथा रोजगारीका लागि फेरि सहर फर्किन थालेपछि बाजुराका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका हुन्।
मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाविरुद्ध नौ लाख १४ हजार २८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरूलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुभएको छ ।
केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खलबलिने घटना भई निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो । केही हिन्दु धर्मगुरुले गाई काट्ने व्यक्तिहरूको हत्या गरेमा आफूले जिम्मा लिने विवादास्पद अभिव्यक्ति दिएको भिडियो भाइरल नै भयो । त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गरेर कागज गराई छाडेको थियो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७९–८० मा प्रकाशित पत्रपत्रिकालाई वर्गीकरणका लागि आवेदन फाराम भर्ना आह्वान गरेको छ । काउन्सिलले आज सार्वजनिक सूचना जारी गर्दै सो आह्वान गरेको हो ।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।
प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ ।
जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र इन्स्टिच्युट अफ ट्रोपिकल मेडिसिन बेल्जियमको संयुक्त रूपमा आयोजना गरेको सम्मेलन तीन दिनसम्म चल्ने छ ।
नवलपुरका स्थानीय तहले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिएका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको नवलपुरमा हरिबोधिनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिकस्थलमा लाग्ने धार्मिक मेलाका लागि गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
परम्परागत नाचको संरक्षण गर्न गाउँमा मारुनी नाच नाचिएको छ । परम्परादेखि जिल्लाको विभिन्न स्थानमा नाचिनेको संरक्षणका लागि मारुनी नाच नाचिएको यहाँका बासिन्दाले बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्र सल्यान दार्मामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । त्रिपालमुनिको चिसोले पीडितहरू बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो ।
यू–१९ विश्वकप क्रिकेट दक्षिण अफ्रिकामा हुने भएको छ । यसअघि श्रीलङ्कामा हुने तय भएको विश्वकप दक्षिण अफ्रिका सरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले श्रीलंकाको क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएपछि प्रतियोगिता दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो ।