नेपालमा दूध पर्याप्त हुँदाहुँदै राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्न गरेको सिफारिसप्रति किसानले आपत्ति जनाएका छन् । डेरी उद्योगीहरूले नेपालमा दूध अभाव रहेको भन्दै भारतबाट आयात गर्नुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति मागेका छन् । सो अनुमतिका लागि उद्योगीले बोर्डलाई पनि आग्रह गरेको छ । सो आग्रहका आधारमा बोर्डले आवश्यकताअनुसार दूध आयातका लागि मन्त्रालयलाई सिफारिस गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी हेलिकोप्टरलाई ग्राउन्डेड गरिएको हो । जिल्लाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा नाइन एन एजेजेड रजिस्ट्रेसन रहेको हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
मुगु पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता भएका छन् । जुम्ला पातारासी गाउँपालिकाका २ तल्फि गाउँका ३ जना बेपत्ता भएका गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो ।
पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्दै खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न अर्थ मन्त्रालयलाई सुझाव दिनुभएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले सो सुझाव दिनुभएको हो ।
गोरखापत्रको प्रकाशन १२३ औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ भएको थियो । नेपालमा पत्रकारिताको शिलान्यास मात्र नभएर सञ्चारको विकासमा पनि एउटा फड्को मार्दै गोरखापत्रले सुरु गरेको प्रकाशनले शताब्दी पार गरेको हो ।
अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कारबाट गीतकार किरण खरेल सम्मानित हुनुभएको छ । नेपाली राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको योगदानको कदर गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले उहाँको नाममा राष्ट्रिय सङ्गीत कोष स्थापना गरी पहिलो पटक खरेललाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि दुई लाख रुपियाँ र कदरपत्र रहेको छ ।
गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’ को फिमेल भर्सनमा सार्वजनिक भएको छ । दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन् । भिडियोमा स्वयम् गायिका लाम्गादे र उनको परिवार फिचर्ड छन् । अमेरिकामा छायाँकन गरिएको यस भिडियोलाई विक्की पुलामीको छायाँकन र निर्देशनमा तयार पारिएको हो । भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियो गायिका लाम्गादेको युट्युव च्यानल ‘उर्मिला लाम्गादे’ मार्फत सार्वजनिक भएको हो ।
धादिङको गजुरी गाउँपालिकाले शववाहन सेवा सुरु गरेको छ। गजुरी गाउँपालिका क्षेत्र र पृथ्वी राजमार्गमा दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शव, पोष्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहनको व्यवस्था गरेको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बताउनुभयो।
लक्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फायोटले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका र लक्जम्बर्ग उस्तै लागेको बताउनुभएको छ। शुक्रबार एक कार्यक्रमका लागि बेथानचोक आउनुभएका मन्त्री फायोटले बेथानचोकको आलु खेती, रुख बिरुवा र भौगोलिक स्वरूप देख्दा आफूलाई लक्जम्बर्गमै रहेको आभास भएको बताउनुभएको हो।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन गोरखापत्र संस्थान केन्द्रीय समितिले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीलाई सम्मान गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले उत्पादन विभागका निमित्त प्रमुख प्रबन्धक मुकुन्द्रप्रसाद चिमौरिया, वरिष्ठ सहायक सविता बस्नेत तथा वितरक मदन रानालाई सम्मान गर्ने निर्णय गरेको हो ।
आइतबार आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको दिन १९५८ वैशाख २४ गतेको अवसरमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले आइतबार सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सत्ता साझेदार दलको बैठकले संसद् अधिवेशनको पहिलो दिन नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको हो । बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सङ्घीय संसद्लाई प्रभावकारी बनाउनेसम्बन्धी कार्ययोजनामा छलफल भएको बताउनुभयो ।
बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक शनिबार आयोजित भव्य समारोहबीच सुसम्पन्न भएको छ। वेस्टमिन्सटर एबीमा आयोजित समारोहमा राजा चाल्र्सलाई सेन्ट एड्वर्डज क्राउन नामको राजमुकुट पहि-याएर राज्याभिषेक गरिएको हो।
नारायणगढ–मुग्लिन सडकका पहाड दशैँ–तिहारपछि मात्रै फुटाइने भएको छ। मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्राविधिक रूपमा नसकिने भएकाले करिब छ महिनापछि मात्र विस्फोट गरिने भएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले भन्नुभयो, “पहाड फोर्नका लागि सानो प्वाल खोलेर बारुद राख्नुपर्ने हुन्छ तर अहिले वर्षात् सुरु हुन लागेका कारण सो सम्भव हुँदैन। त्यसैले आगामी कात्तिकपछि मात्र विस्फोटको काम हुनेछ।”
१२३ वर्षअघि आजैको दिन नेपाली समाजमा चेतनाको एउटा दियो बलेको थियो । तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरको पहलमा १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भएको थियो। अनुदार शासन र पुरातनवादले जकडिएको त्यस्तो असहज परिवेशमा जनतालाई सूचना दिनुपर्छ भन्ने चेतना शासकको दिमागमा जागृत हुनु र राज्यस्तरबाटै पत्रिका प्रकाश