गृहमन्त्री बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सबैभन्दा अग्लो भनिएको निर्माणाधिन बहुआयामिक दमक भ्यू टावरको निरीक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र ५ अन्तर्गत दमक वडा –३ दाँपगाछीमा निर्माणाधिन भ्यू टावरको निरीक्षण गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय नेपाली समाज, भाषा साहित्य समितिका अध्यक्ष साहित्यकार डा.जानुका पौडेल नेपालद्वारा लिखित कथा संग्रह ‘तनुजा’को सोमबार विमोचन गरिएको छ ।
मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।
गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ।
‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ।
ट्राफिक प्रहरीले सवारी साधनका चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको छ।
काठमाडौं, असोज १० गते । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'राम सेतु'को टिजर सार्वजनिक गरिएको छ । अक्षयले फिल्मको टिजर सार्वजनिक गर्दै ट्वीटरमा लेख्नुभएको छ, "राम सेतुको पहिलो झलक" । फिल्ममा अक्षय पुरातत्वविद्को भूमिकामा देखिएका छन् । अभिषेक शर्माले निर्देशनमा बनेको फिल्ममा ज्याकलिन फर्नान्डिज, नुसरत भरुचा, सत्यदेव कंचराना, एम नासिरलगायतको अभिनय रहेको छ । फिल्म अक्टोबर २५ अर्थात् कार्तिक ८ गतेदेखि प्रदर्शन हुने तयारीमा छ ।
चन्द्र पन्दाकताप्लेजुङ, असोज १० गते । ताप्लेजुङस्थित भूपू बेलायती आर्मी स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले दृष्टिविहीनलाई न्यायो कपडा वितरण गरेको छ। प्रतिष्ठानले ताप्लेजुङमा रहेका ३५ जना दृष्टिविहीनलाई न्यानो कपडा (ट्रेक सुट) वितरण गरेको हो।सदरमुकाम फुङ्लिङमा आइतबार एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले नेत्रहीन सङ्घ ताप्लेजुङमा आबद्ध रहेका दृष्टिविहीनलाई कपडा वितरण गरेको हो। यस्तै प्रतिष्ठानले फुङ्लिङ नगरपालिका–७ दोखु निवासी बृखबहादुर पालुङ्गाकी श्रीमती भागिरथाको उपचार सहयोगका लागि ३० हजार रुपियाँ नगदसमेत उपलब्ध गराएको छ। लामो समयदेखि मष्तिस्कघात भएर उपचाररत रहनुभएकी भागिरथा पालुङ्गाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नगद उपलब्ध गराएको प्रतिष्ठानका सदस्य दिनेश लिङ्खिमले बताउनुभयो। उहाँका अनुसार प्रतिष्ठानले असहाय, समस्यामा परेकालाई सहयोग गर्नुका साथै अन्य सामाजिक कार्यहरू गर्दै आएको छ। २०५३ साल असोज ९ गते निधन हुनुभएका भूपू ब्रिटिस आर्मी लिङ्खिमको स्मृतिमा उहाँका परिवारले प्रतिष्ठान स्थापना गरी सामाजिक कार्य साथै विभिन्न समस्यामा परेका र असहायलाई सहयोग गर्दै आएको बताइएको छ।
बडादशैँ, दीपावली, नेपाल संवत् ११४३ तथा छठपर्वको शुभकामना आदानप्रदानसहित आयोजना गरिएको वियर जात्रामा नेपालका प्रतिष्ठित ब्रुअरी कम्पनिहरुबाट उत्पादन गरिएका ३० थरिभन्दा बढि ब्राण्डका वियरहरु राखिएका थिए ।
बूढासुब्बा मन्दिरको महत्व र ऐतिहासिकता झल्काउन कलात्मक काठको खम्बासहितको थप संरचना निर्माणको काम थालिएको छ । धरान उपमहानगरपालिकामा रहेको बूढासुब्बा मन्दिरको नेपाल सरकारको पुरातात्विक विभागको आर्थिक सहयोगमा मन्दिरको संरचना निर्माण गर्न लागिएको हो ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका दलदले–मुण्डे सडक खण्ड अन्तर्गत सडक अधिकार क्षेत्र भित्र रहेका संरचना हटाउन नगरपालिकाले निर्देशन दिएको छ।
मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
नारायण तुम्बापोफिदिम, असोज १० गते । फिदिममा सम्पन्न नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ पाँचथरको सातौँ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति अध्यक्षमा पुनः कमल थपलिया सर्वसम्मतले चुनिनुभएको छ। उपाध्यक्षमा मदन लावती, सचिव सन्दिप नेम्बाङ, सहसचिव ऋतुवर्ण तुम्बापो, ईश्वरी खरेल र कोषाध्यक्षमा सरिता मगर चयन हुनुभएको छ। ६३ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै आइतबार राति सम्पन्न भएको अधिवेशनको उद्घाटन युवा संघ केन्द्रीय अध्यक्ष किरण पौडेलले गर्नु भएको थियो। पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद जवेगु, अइन्द्र सुन्दर नेम्बाङ, जिल्ला अध्यक्ष राजकुमार भण्डारी लगायतले अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्नु भएको थियो। उहाँहरूले आसन्न संघ प्रदेशको निर्वाचनमा नेकपा एमालेलाई बहुमतले जिताउन लागि पर्न युवा संघ आबद्ध सदस्यहरूलाई आग्रह समेत गर्नुभयो।
पाको उमेरमा स्वास्थ्य जीवन जीउन योग्य विश्व निर्माणको उद्देश्य लिएर विश्वभरीबाट ५० जनाको नेतृत्व टोली गठन गरिएको छ।