• १६ चैत २०८०, शुक्रबार

पाँचथर युवा संघ अध्यक्षमा थपलिया

blog

नारायण तुम्बापो

फिदिम, असोज १० गते । फिदिममा सम्पन्न नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ पाँचथरको सातौँ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति अध्यक्षमा पुनः कमल थपलिया सर्वसम्मतले चुनिनुभएको छ। 

उपाध्यक्षमा मदन लावती, सचिव सन्दिप नेम्बाङ, सहसचिव ऋतुवर्ण तुम्बापो, ईश्वरी खरेल र कोषाध्यक्षमा सरिता मगर चयन हुनुभएको छ। 

६३ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै आइतबार राति सम्पन्न भएको अधिवेशनको उद्घाटन युवा संघ केन्द्रीय अध्यक्ष किरण पौडेलले गर्नु भएको थियो। 

पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद जवेगु, अइन्द्र सुन्दर नेम्बाङ, जिल्ला अध्यक्ष राजकुमार भण्डारी लगायतले अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्नु भएको थियो। 

उहाँहरूले आसन्न संघ प्रदेशको निर्वाचनमा नेकपा एमालेलाई बहुमतले जिताउन लागि पर्न युवा संघ आबद्ध सदस्यहरूलाई आग्रह समेत गर्नुभयो।